Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

परामर्श भनेर प्रलोभन नदेखाउन शिक्षा मन्त्रालयको निर्देशन

नुवाकोट पुकार २ चैत्र २०८१, आईतवार ०९:०७

काठमाडौँ, चैत ३ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्शको नाममा सेवाग्राहीलाई अनावश्यक प्रलोभन नदेखाउन निर्देशन दिएको छ । मन्त्रालयले १२ बुँदे निर्देशन जारी गर्दै यसबारे सचेत रहन परामर्शदातृ संस्था, विद्यार्थी तथा अभिभावकलाई अनुरोध गरेको छ । मन्त्रालयले जारी गरेको निर्देशनको १२ बुँदामध्ये आठ वटा शैक्षिक परामर्शदातृ व्यवसायसँग सम्बन्धित छ भने चार वटा बुँदा विद्यार्थी तथा अभिभावकसँग सम्बन्धित छन् । 

वैदेशिक शैक्षिक परामर्श सेवा उपलब्ध गराउँदा फ्री भिसा, रोजगारीको ग्यारेन्टी, डिपेन्डेन्ट भिसा उपलब्ध गराइनेलगायतका प्रलोभन नदेखाउन परामर्श व्यवसायीलाई भनेको छ । परामर्शदातृ निकायले सेवाग्राहीलाई प्रलोभन दिने गरेको गुनासो आइरहेको थियो । 

परामर्शदातृ व्यवसायीलाई दिइएको निर्देशनमा अनुमति नलिई शैक्षिक मेला, भेला तथा शैक्षिक प्रदर्शनी नगर्न पनि मन्त्रालयले भनेको छ । मन्त्रालयले अभिलेखमा कायम नरहेका विश्वविद्यालय तथा शिक्षण संस्थाहरूमा अभिलेखीकरणसम्बन्धी प्रक्रिया पूरा नगरी विद्यार्थीलाई अध्ययनका लागि सिफारिस नगर्न पनि परामर्श सेवाप्रदायकलाई निर्देशन दिएको छ ।

साथै वैदेशिक शैक्षिक परामर्शका लागि अनुमति पाएका संस्थाबाट मात्र परामर्शसम्बन्धी सेवा लिन तथा यस्तो संस्था मन्त्रालयबाट स्वीकृत प्राप्त हो वा होइन भन्ने विषयमा यकिन गर्न पनि विद्यार्थी तथा अभिभावकलाई अनुरोध गरेको छ । 

मन्त्रालयले जारी गरेको सूचनामा कुनै पनि संस्था कानुनसम्मत स्थापना नभएको र सम्बन्धित मन्त्रालयबाट सेवा प्रदानको अनुमति लिएको रहेनछ भने स्थानीय प्रशासन र प्रहरीलाई जानकारी गराई सहयोग गर्न पनि अनुरोध गरेको छ । 

गोरखापत्र

Continue Reading

Previous: पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह
Next: स्यूचाटारमा आगलागी, १५ लाखको क्षति

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार