Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

दशाैँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

नुवाकोट पुकार ४ चैत्र २०८१, मंगलवार २०:५३

काठमाडौँ । कर्णाली प्रदेशमा हुने दशाैँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट आज सार्वजनिक गरिएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले लोगो तथा राखेपका उपाध्यक्ष ध्रुव आचार्यले मस्कट सार्वजनिक गर्नुभयो ।

सोही अवसरमा राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले दशाैँ राष्ट्रिय खेलकुदको डेकिकेटेड वेबसाइट सार्वजनिक गर्नुभयो । कार्यक्रममा राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडी, प्रशिक्षक, व्यवस्थापकलगायतको अनलाइन दर्ता कसरी गर्ने भन्ने विषयमा जानकारी दिन खेलाडी अनलाइन दर्ता सफ्टवेयर भिडियो प्रदर्शन गरिएको थियो । लोगो र मस्कटलगायत विषयवस्तुलाई समेटी तयार पारिएको एनिमेटेड भिडियो पनि प्रदर्शन गरियो ।

लोगोमा कर्णाली नदी, नेपालको झण्डा, सात प्रदेश र खेलाडी, हिमाल, पहाड र तराई तथा शान्तिको प्रतीक परेवा समेटिएको छ । कर्णाली प्रदेशमा पाइने दुर्लभ जनावर हाब्रे (रेड पाण्डा) लाई मस्कटका रूपमा प्रयोग गरिएको छ । 

कार्यक्रममा मन्त्री चौधरीले राष्ट्रिय खेलकुदलाई लक्षित गरी तयार गरेको उत्कृष्ट पूर्वाधारका लागि कर्णाली प्रदेशलाई धन्यवाद दिनुभयो । उहाँले  राष्ट्रिय खेल सङ्घलाई खेलाडी र खेलको हितलाई केन्द्रमा राखेर काम गर्न आग्रह गर्दै खेलाडीको प्रतिभा देखाउने चाहनालाई मध्यनजर गरी राष्ट्रिय खेलकुद भव्य बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

उपाध्यक्ष आचार्यले राष्ट्रिय खेलकुद प्रतिभा खोजीको माध्यम पनि भएको बताउनुभयो । सदस्य–सचिव घिसिङले राष्ट्रिय खेलकुदमा सहभागी हुन खेलाडी उत्साहित रहेकाले खेलाडीले खेल्न पाउने वातावरण बनाउन सम्पूर्ण सरोकारवाला एकढिक्का हुनुपर्नेमा जोड दिनुभयो । दशौँ राष्ट्रिय खेलकुद आगामी २०८२ साल जेठ ३ देखि १० गतेसम्म कर्णाली प्रदेश राजधानी सुर्खेतमा आयोजना हुँदैछ । रासस

Continue Reading

Previous: महादेव बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी
Next: सर्वदलीय सरकारको आवश्यकता छैन ः कांग्रेस

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार