Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

सर्वदलीय सरकारको आवश्यकता छैन ः कांग्रेस

नुवाकोट पुकार ४ चैत्र २०८१, मंगलवार २१:००

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले सर्वदलीय सरकारको आवश्यकता नभएको ठहर गरेको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आज बसेको बैठकले राजावादीहरूको पछिल्ला गतिविधिबारे सामान्य समीक्षा भएको र अहिलेको व्यवस्था तथा संविधानको रक्षाको लागि सम्पूर्ण रूपमा क्रियाशील हुने निष्कर्ष आएको नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बताउनुभयो । बैठकले यही चैत्र १० गते पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ ।

सर्वदलीय सरकार बनाउने विषयमा चलिरहेको चर्चाबारे सञ्चारकर्मीको एक जिज्ञासामा काँग्रेसका प्रवक्ता डा. महतले सर्वदलीय सरकारबारे कुनै छलफल नभएको र प्रतिपक्षमा रहेका नेकपा माओवादी केन्द्र लगायतका दलहरू अहिलेकै संविधानका पक्षधर रहेकाले संविधानको रक्षाका लागि एकै ठाउँमा रहेको पनि स्पष्ट पार्नुभयो ।

सरकारको काम कारबाहीबारे केही कमीकमजोरी हुन सक्ने तर त्यसलाई सुधारेर अघि बढ्ने काम जननिर्वाचित प्रतिनिधिहरूकै भएकाले आवश्यकता र औचित्यका आधारमा सुधार गर्दै कार्यसम्पादन गर्दै जाने पनि पार्टी प्रवक्ता डा महतले बताउनुभयो ।

यस्तै बैठकमा केही ठाउँमा स्थगित स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन यथाशीघ्र गराउनुपर्ने माग समेत उठेको पार्टीले जनाएको छ ।

यस्तै काँग्रेस पदाधिकारी बैठकमा पार्टी नेता एवं गृहमन्त्री रमेश लेखकले राजावादीहरूले निकालेको जुलुसबारे ब्रिफिङ गर्नुभएको थियो ।

Continue Reading

Previous: दशाैँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक
Next: आजदेखि शुक्र अस्त-के गर्नुहुन्छ, के गर्नु हुँदैन?

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार