
भोलिदेखि देशभरका २२ लाख २२ हजार विद्यार्थीरुले एसइई परीक्षा दिने तयारी गरेका छन् । कुनै बेला एसइईलाई फलामे ढोका भन्ने गरिएको भएपनि पछिल्लो समय नेपाल सरकारले कक्षा १२ सम्मको शिक्षालाई माध्यमिक शिक्षाका रुपमा विकास गरेपछि एसइई परीक्षा कक्षा १० को परीक्षाको रुपमा सिमति रहेको छ । तर पनि यो राष्ट्यि स्तरको परीक्षा भएकाले यसको गरिमा र महत्व भने उत्तिकै रहेको छ ।
विद्यार्थीहरुले कक्षा १०सम्म अध्ययन गरेपछि आफूलाई मन लागेका विषय छान्न पाउने र कलेजको रुपमा कक्षा ११ मा भर्ना हुन पाउने भएकाले पनि उनीहरुमा छुट्टै प्रकारको उत्साह पलाएको हुन्छ । आमाबाबुलाई पनि आफ्ना छोराछोरीले कक्षा १० सम्मको अध्यन पूरा गरेपछि अर्कै प्रकारको उत्साह पलाउने गर्दछ । यस कारण पनि यो परीक्षाको बेग्लै महत्व रहेको छ । विद्यार्थीहरुमा पनि एसइई दिने भनेपछि फरक खालको उत्साहसँगै चुनौती पनि देखिन्छ । उनीमा केही परिपक्कता भएकाले पढ्नै पर्ने एक प्रकारको हौसला पनि पलाएको हुन्छ आफ्नो क्यारियरको वास्तविक अध्याय सुरु भएको अनुभूति विद्यार्थीरुमा देखिन्छ । यसले गर्दा उनीहरु परुीक्षाप्रति गम्भीर बन्ने गर्दछ ।
अर्कोतर्फ विद्यार्थीहरुले जुन प्रकारको उत्साहकासाथ परीक्षा उर्तीर्ण गरेर कक्षा ११ र १२ सम्मको अध्ययन पूरा गर्दछन्, त्यसपछि विदेशी शिक्षातर्फ मोह बढ्दै जानेछ । पछिल्लो सरकारी तथ्यांकले देखाएको आँकडा अनुसार हरेक वर्ष कक्षा १२ उर्तीण गरेका ५० प्रतिशत विद्यार्थी विदेश पलायन भएका छन् । आम रुपमा कक्षा १२ पास गरेपछि देशमा केही गर्न सकिदैन भन्ने निरासा विद्यार्थीहरुमा देखिन्छ । देशको अवस्थाप्रति स्वयम् अभिभावक पनि सन्तुष्ट हुने सकेको देखिदैन जसका कारण आफनो छोरीले कक्षा १२ उर्तीर्ण गरेपछि घरबारी बेचेर पनि विदेश पठाउन हतार गरिएको देखिन्छ । यो दुशका लागि ठुलो दुभाग्य मान्नुपर्दछ । यसले नेपालका उच्च शिक्षा अध्ययन गराउने कलेजहरु अधिकांश बन्द हुने अवस्थामा पुगेका छन् ।
यसतो परिस्थिति कायम रहँदासम्म देशलाई धेरै तर्फबाट असर पारेको देखिन्छ । एकतातर्फ देशको सम्पत्ति अध्ययनका नाममा विदेश गैरहने र अर्कोतर्फ स्वदेशमा खुलेका कलेजहरु बन्द हुने अवस्था रहने छ । युवाहरु सबै विदेश पलायन हुँदा दक्ष जनशक्तिको अभाव पर्न सक्छ र पर्दै समेत आएको छ । यो अवस्था कायम रहने हो भने भविष्यमा हाम्रो देश कक्षा १२ सम्म मात्रै अध्ययन गर्ने थलोका रुपमा रहने अवस्था छ ।
यस्तै देशको शिक्षा नीति विगतदेखि नै बेरोजगार उत्पादन गर्ने कारखाना जस्तो भएको भन्दै स्वयम् शिक्षा विज्ञहरुले समेत गुनासो गर्ने गरेका छन् । एउटा स्नातकोत्तरतह उर्तीण गरेको विद्यार्थीमा पनि व्यवहारिक ज्ञान र सीप नभएका कारण उसले जागिर बाहेक अर्को कुरा देखेकै हुँदैन । यसले गर्दा जागिर नै दिगामका घुसेको हुन्छ । जागिर नपाएपछि उसको उदेश्य विदेश पलायन नै हुने गरेको छ । तसर्थ अबको शिक्षा नीति स्वरोजगारमुलक हुनु जरुरी देखिन्छ । जति शिक्षासँगै व्यवहारिक रुपमा ज्ञान प्राप्त भयो त्यति नै उसमा काम गर्ने आत्मबल प्राप्त हुन्छ ।
आत्मबल प्राप्त भएसँगै उसमा उर्जा प्राप्त हुन्छ । एउटा जोशीलो युवाले आफ्नो उर्जालाई सहि ठाउँमा प्रयोग गर्न सक्यो भने देश बन्न समय लाग्ने छैन । यसर्थ अबका यि कर्णधार विद्यार्थीलाई आफ्नो त्यो जोशिलो उर्जा स्वदेशमा नै खर्च गर्न सक्नेगरि नेपालको शिक्षालाई सुधार गर्नतर्फ राज्य संयन्त्रको ध्यान पुगोस् । एसइई दिने सबै विद्यार्थीहरुलाई सफलताको शुभकामना ।