
काठमाडौं । आज सुनको मुल्य प्रतितोला १ लाख ७६ हजारमा कारोबार भैरहेको छ । आज सुन प्रतितोला ८०० रुपैयाँ बढेर एक लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आजको सुनको मूल्य हालसम्मकै उच्च हो । महासंघले दिएको जानकारी अनुसार चाँदी प्रतितोला २०४५ मा कारोबार भैरहेको छ ।
पछिल्लो समय नेपाली बजारमा छापावाल सुनको मुल्य अत्यधिक मात्रामा बढ्दै गैरहेको छ । यसले नेपाली बजारमा राम्रै प्रभाव पार्ने देखिएको छ । व्यवसायीहरुका अनुसार बढ्ने क्रम तत्काल नरोकिने देखिएको छ ।