Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

गोरखापत्र संस्थानका पूर्व कार्यकारी अध्यक्ष बस्नेतको निधन

नुवाकोट पुकार ८ चैत्र २०८१, शनिबार १३:३१

भक्तपुर, चैत ९ गते । गोरखापत्र संस्थानका पूर्व कार्यकारी अध्यक्ष तथा वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको ७९ वर्षको उमेरमा निधन भएको छ। उहाँ गोरखापत्र संस्थानमा २०५६ सालमा कार्यकारी अध्यक्ष हुनुभएको थियो । 

उहाँ राष्ट्रिय समाचार समिति (रासस) का पनि पूर्वअध्यक्ष हुनुहुन्छ । हृदयाघातका कारण आज बिहान काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको राससले जनाएको छ । 

राससका अनुसार, भक्तपुरको सूर्यविनायक नगरपालिका–८ निवासी बस्नेतलाई बिहीबार राति घरमै हृदयाघात भएपछि अस्पताल भर्ना गरिएको थियो। चिकित्सकहरूले भेन्टिलेटरमा राखेर उपचार गरे पनि उहाँलाई बचाउन सकेनन्।

नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिका सचिव सुशील बस्नेतका अनुसार उहाँको अन्त्येष्टि आजै पशुपतिस्थित आर्यघाटमा गरिनेछ। गोरखापत्र संस्थान तथा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्षसमेत रहेका बस्नेत पुनर्जागरण साप्ताहिकका संस्थापक सम्पादक पनि हुनुहुन्थ्यो।

राजनीतिमा समेत सक्रिय बस्नेत नेपाली कांग्रेसका नेता गणेशमान सिंहका निकट थिए। उहाँले गणेशमान सिंह स्मृति वाटिकाका अध्यक्षको जिम्मेवारी पनि सम्हाल्नुभएको थियो। २०१७ सालदेखि राजनीतिमा संलग्न बस्नेत प्रजातन्त्र स्थापनाका विभिन्न आन्दोलनहरूमा सहभागी हुनुहुन्थ्यो। सोही क्रममा उहाँलाई आजीवन कारावासको सजाय सुनाइएको थियो, जसबाट २०४६ सालको प्रजातान्त्रिक आन्दोलनपश्चात् उहाँ मुक्त हुनुभएको थियो। बस्नेतका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ।

Continue Reading

Previous: नबिल बैंकका पाँच भिसा कार्डवाहकले जिते भिसा कार्ड इन्टरनेसनलबाट उपहार
Next: पत्रकार माथवरसिंह बस्नेतको पशुपति आर्यघाटमा गरियो अन्तिम संस्कार

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार