Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

प्रमुख दलको बैठक : सर्च कमिटी गठन गर्ने सहमति

नुवाकोट पुकार १० चैत्र २०८१, सोमबार १९:१८

तस्बिरः माओवादी अध्यक्ष पुष्पकमल दाहालको सचिवालय

काठमाडौँ, चैत ११ गते । प्रमुख तीन दलका शीर्ष नेताबिच सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यहरु नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने विषयमा सहमति भएको छ ।

प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आव्हान गर्नुभएबमोजिम सोमबार दिउँसो सिंहदरबारमा शीर्ष नेता र विज्ञबिच बसेको बैठकले सो निर्णय गरेको जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका नेता शक्ति बस्नेतलगायत नेता सहभागी हुनुहुन्थ्यो । 

प्रधानमन्त्रीका विज्ञ सल्लाहकार खरेलले भन्नुभयो, “आज सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले आव्हान गर्नुभए बमोजिम नै दलका शीर्ष नेताहरुको बैठक सम्पन्न भयो । शान्ति प्रक्रियाको बाँकी काम अर्थात् सत्य निरुपण तथा बेपत्तासँग सम्बन्धीत आयोग गठन गर्ने विषयसँग गाँसिएको थियो । केही समय अगाडि दुइटै आयोगहरु गठन गर्नका निम्ति बनेको सर्च कमिटी सिफारिस समितिले एउटा प्रतिवेदन पनि दिएको थियो । त्यो प्रतिवेदन पनि यहाँ राखियो ।”

उहाँले यस सम्बन्धमा दलहरुबिच सहमति निर्माण गरेर अगाडि जाने विगतको परम्परा जस्तै यसपटक पनि तीन दलका शीर्ष नेताबिच  छलफल भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “त्यसमा एउटा निश्कर्षमा आज हामी पुगेका छौं । बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन ७१ को दफा ३ को उपदफा ३ बमोजिम दुवै आयोगको अध्यक्ष तथा सदस्यहरुको नियुक्तिको लागि सिफारिस समिति गठन प्रक्रिया अगाडि बढाउन सम्माननीय प्रधानमन्त्रीजीले दुई दलका नेताहरुसँग परामर्श गर्नुभयो ।”

Continue Reading

Previous: संक्रमणकालीन न्यायको विषयमा छलफल सुरु
Next: कुलमानलाई हटाउने सरकारको निर्णय

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार