Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

धादिङका सन्दिप प्रसाद घिमिरेलाई FIDE Arbiter उपाधि

नुवाकोट पुकार २७ चैत्र २०८१, बिहीबार १५:४१ 1 min read

साइप्रसको राजधानी निकोसियामा सम्पन्न First FIDE Council Meeting 2025 ले नेपाल पत्रकार महासंघ, जिल्ला शाखा धादिङका सदस्य एबम्धादिङका राष्ट्रिय बुद्धिचाल निर्णायक सन्दिप प्रसाद घिमिरेलाई FIDE Arbiter (FA) उपाधि प्रदान गरेको छ। यससाथै घिमिरेले अन्तर्राष्ट्रिय चेस निर्णायकको रूपमा नेपाललाई नयाँ गौरव दिलाएका छन्।

सन्दिप प्रसाद घिमिरे धादिङ जिल्लाका पहिलो र एकमात्र FIDE Arbiter हुन्। साथै, उनी नेपालका सक्रिय तथा प्रतिष्ठित चेस निर्णायकहरूमध्ये एक मानिन्छन्। FIDE Arbiter उपाधि प्राप्त गर्नका लागि अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा निर्णायकको रूपमा भूमिका निर्वाह गर्नुका साथै निर्धारित परीक्षा तथा मापदण्डहरू पूरा गर्नु आवश्यक हुन्छ। घिमिरेले ती सबै शर्तहरू पूरा गर्दै उपाधि हासिल गरेका हुन्। उनको यो उपलब्धिले नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय चेस प्रतियोगिताहरूको व्यवस्थापनमा नयाँ व्यावसायिकता र विश्वसनीयता थपिने विश्वास गरिएको छ।

साथै, नेपाल बुद्धिचाल महासंघ तथा सम्पूर्ण नेपाली चेस समुदायका लागि यो एक गौरवपूर्ण उपलब्धि भएको छ। FIDE Arbiter को रूपमा घिमिरेले आगामी दिनहरूमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा निर्णायक भूमिका निर्वाह गर्दै नेपालको प्रतिनिधित्व गर्नेछन्, जसले नेपालको बुद्धिचाल खेलको अन्तर्राष्ट्रिय पहिचान अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।

Continue Reading

Previous: रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश
Next: नेपाल बारको अध्यक्षमा मिश्रसहित प्यानल निर्वाचित

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार