
नुवाकोट, वैशाख ३ । नुवाकोट जिल्लाको टोखा–छहरे सडकखण्ड अन्तर्गत गुरुङ गाउँ नजिकै एक विद्युतीय गाडी दुर्घटना भएको छ।

काठमाडौंबाट त्रिशुलीतर्फ गइरहेको बागमती प्रदेशको ००१ ज ९३९ नम्बरको विद्युतीय सवारीसाधन बुधबार दिउँसो करिब ४ बजे दुर्घटनामा परेको हो। चालकका अनुसार गाडीको ब्रेक फेल भएपछि सवारी अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।