Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

प्रदर्शन रोकी काममा फर्कन शिक्षकहरूलाई सरकारको आह्वान

नुवाकोट पुकार ३ बैशाख २०८२, बुधबार २०:३९

काठमाडौँ । सरकारले प्रदर्शनरत शिक्षकहरूका मागलाई उचित रुपमा सम्बोधन गर्ने भन्दै प्रदर्शन रोकी आफ्नो काममा फर्कन शिक्षकहरूलाई आह्वान गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू आज मन्त्रालयमा सार्वजनिक गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले विभिन्न माग राखी भइरहेको शिक्षक प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको र शिक्षकहरूले उठाएका मागहरूको सरकारले यथोचित सम्बोधन गर्ने बताउनुभयो ।

सरकारले विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रयोजनका लागी संसद् अधिवेशन आह्वान गरेको उल्लेख गर्नुहुँदै सञ्चार मन्त्री गुरुङले हाल शैक्षिक सत्रका महत्वपूर्ण कार्यहरूको संवेदनशीलतालाई मध्यनजर गरी विद्यालय फर्कन शिक्षकहरूलाई आग्रह गर्नुभयो ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले आयोडिनयुक्त नुन उत्पादन तथा विक्री वितरण ऐन २०५५ साउन १ गतेदेखि प्रारम्भ गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने, अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति चौथो संशोधन आदेश २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ ।

यस्तै अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संंघीय संसदमा पेश गर्नुका साथै सरकारी जग्गा दर्ता उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी पहिलो संशोधन कार्यनीति २०८१ स्वीकृत गर्ने र हवाई सेवा व्यवस्थापन नियमावली २०८१ स्वीकृत गर्ने निर्णय भएको सञ्चार मन्त्री गुरुङले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय आर्थिक सुधार सुझाव अयोगको प्रतिवेदन कार्यान्वयनको लागि ७ दिनभित्र कार्यान्वयन कार्ययोजना बनाई पेश गर्न समिति गठन गर्ने लगायतका निर्णय गरेको हो ।

Continue Reading

Previous: नुवाकोटको टोखा-छहरे सडकखण्डमा विद्युतीय गाडी दुर्घटना
Next: गणतन्त्रको एक दशकपछि राजतन्त्रको चर्चा ः असन्तुष्टि लोकतन्त्रप्रति हो कि नेतृत्वप्रति ?

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार