Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

लोकतन्त्र र गणतन्त्रको विकल्प छैन: गृहमन्त्री लेखक

नुवाकोट पुकार ६ बैशाख २०८२, शनिबार १४:४२

पोखरा । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले देशमा लोकतन्त्र र गणतन्त्रको विकल्प नभएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन कास्कीले आज (शनिबार) पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै उहाँले देशमा विभिन्न तत्त्वहरू जति नै सलबलाए पनि लोकतन्त्र र गणतन्त्रको विकल्प नभएको दाबी गर्नु भएको हो ।

पूर्व राजावादीको नाममा वा अन्य कुनैको नाममा देशमा संविधानको व्यवस्था नै बदल्ने गरी हिंसात्मक गतिविधि गर्ने विरुद्ध सबै एक हुनु पर्नेमा जोड दिनुभयो । देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न हामी भन्दा पहिलाको पुस्ताले धेरै ठुलो त्याग र बलिदान गरेको गृहमन्त्री लेखकले उल्लेख गर्नुभयो । हाम्रो पुस्ताले पनि धेरै ठुलो योगदान दिएको दिएको गृहमन्त्री लेखकको तर्क थियो ।

लोकतन्त्रले नागरिकलाई सर्वोपरि बनाएको बताउँदै उहाँले सरकारसँग चित्त नबुझे बिरोध गर्न पाइने जना उदै संविधानको व्यवस्थाको विरुद्ध हिंसात्मक गतिविधिले देशलाई झन अस्थिरता तर्फ लैजाने हुँदा त्यस्ता गतिविधि गर्नेलाई सरकारले कारबाही गर्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो “ यो देशमा राजतन्त्र गएको १८ बर्ष भएको छ, १८ बर्ष पछिको पुस्ताले राजतन्त्रको बारेमा बुझ्नै सकेन, त्यसको पनि २८ देखि ३० वर्षका जनताले  राजतन्त्रको अनुभूति गर्न सकेन त्यस कारण राजतन्त्र कस्तो हुन्छ भन्ने अहिलेको युवा पुस्तालाई थाहा छैन, त्यो कुरा हामीले बुझाउन जरुरी छ ।” काम गर्ने क्रममा कमीकमजोरी भएको अवस्थामा सुधार गर्दै जाने गृहमन्त्री लेखकले बताउनुभयो । लोकतन्त्रको पक्षमा पत्रकारहरू समेत उभिन आग्रह गर्दै उहाँले यदि लोकतन्त्र र गणतन्त्र नहुँदा त्यसको पहिलो मार मिडियाकर्मी र मिडिया माथि हुने उहाँको भनाई थियो ।

२०१२ सालको नेपाल प्रहरी ऐन भएकोले प्रदेश प्रहरीको बारेमा समेत खासै नखुलेकोले प्रहरी ऐन संशोधन गर्न लागिएको उहाँले बताउनु भयो । प्रहरी समायोजनको बारेमा धेरै बाेले पनि कानुनी व्यवस्था नभएकोले प्रहरी ऐन संशोधन गर्न लागेको गृहमन्त्री लेखकले जनाउनुभयो । ७ दशकमा नेपालमा ७ पटक संविधान निर्माण भएको उल्लेख गर्दै उहाँले यसबाट देशमा धेरै अस्थिरता भएको जनाउनुभयो ।

आमाको नामबाट समेत नागरिकता दिने प्रक्रिया अघि बढे पनि कानुनी झन्झटले गर्दा नसकिएको उहाँले बताउनुभयो । गृहमन्त्री लेखकले अब छिट्टै आमाको नामबाटै नागरिकता दिने कानुनी व्यवस्था मिलाउने जनाउनुभयो ।रेडियो नेपाल अनलाइन

Continue Reading

Previous: देशभर २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
Next: प्रदेश सरकारको सहयोगमा नुवाकोटमा एकै पटक दुई महत्वपूर्ण खेल प्रतियोगिता आयोजना हुने

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार