Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

प्रदेश सरकारको सहयोगमा नुवाकोटमा एकै पटक दुई महत्वपूर्ण खेल प्रतियोगिता आयोजना हुने

नुवाकोट पुकार ६ बैशाख २०८२, शनिबार १६:१० 1 min read

काठमाडौं । नुवाकोट जिल्लामा राष्ट्रिय महिला फुटबल तथा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिने भएको छ । बागमती प्रदेश सरकारको सहयोगमा आगामी वैशाख १३ गतेदेखि ‘बागमती प्रदेश मुख्यमन्त्री कप २०८२’ अन्तर्गतको राष्ट्रिय महिला फुटबल तथा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको हो।

प्रतियोगिताको तयारीबारे जिल्ला खेलकुद विकास समिति नुवाकोटले आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराएको छ । राजधानीमा शनिबार (आज) आयोजित पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङले प्रतियोगिताका लागि होटल व्यवस्थापन, खेल मैदान व्यवस्थापन तथा सुरक्षा समन्वयको कार्य भइरहेको जानकारी दिनुभयो। उहाँले नुवाकोटलाई राष्ट्रिय खेलकुदको हबको रूपमा विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो। यसअघि नै जिल्लामा राष्ट्रिय स्तरको खेल मैदान तयार भएकाले प्रतियोगिता सफल हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार राष्ट्रिय महिला फुटबल प्रतियोगिता नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदान, बट्टारमा वैशाख १३ देखि २० सम्म हुनेछ। फुटबलमा नेपाल पुलिस, नेपाली सेना, एपीएफलगायत आठ वटा राष्ट्रियस्तरका टिम सहभागी हुनेछन्। एन्फासँग समन्वय गरेर हालसम्म सात टिमको टुङ्गो लागिसकेको र बाँकी एक टिम पनि एक–दुई दिनभित्रै टुङ्गो लाग्ने गुरुङले जानकारी दिनुभयो।

त्यसैगरी, राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता पनि नुवाकोटमानै वैशाख १३ देखि १५ गतेसम्म सञ्चालन हुनेछ। जिल्ला ब्याडमिन्टन संघ नुवाकोटका अनुसार प्रतियोगितामा करिब ४०० खेलाडी सहभागी हुनेछन्। पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रतियोगितमा पुरुष जोडी  (Ranking Except 20) मा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यसको दर्ता शुल्क २ हजार रुपैयाँ राखिएको छ।

भेट्रान्स पुरुष ९४० वर्षमाथि० विधामा पहिलो हुनेलाई ४० हजार, दोस्रो हुनेलाई २५ हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिनेछ। यस विधाको दर्ता शुल्क २५०० रुपैयाँ राखिएको छ।

खुल्ला पुरुष जोडी ( जिल्लाभित्र) विधामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार जित्नेछन् भने यसको दर्ता शुल्क १५०० रुपैयाँ रहेको छ।

खुल्ला पुरुष जोडी – ( जिल्लाभित्रका वि लेभल) अन्तर्गत प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार पाउने छन्। यसको पनि दर्ता शुल्क १५०० रुपैयाँ तोकिएको छ।

अन्डर १५ ९केटा तथा केटी० विधामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। यसको दर्ता शुल्क भने ५०० रुपैयाँ मात्र रहेको छ।

मिक्स डबल ९पुरुष ३५ वर्षमाथि० विधामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पाउनेछन्। यसको दर्ता शुल्क २ हजार रुपैयाँ छ।

सहभागी खेलाडीका लागि आवास र खानाको व्यवस्था गरिएको छ भने सम्पूर्ण खेलहरू थ्यलभह क्जगततभि ःबखष्क घछण् बाट खेलाइनेछ। कुनै पनि विधामा आठभन्दा कम टिम भएमा सो विधा रद्द हुनेछ।

पत्रकार सम्मेलनमा अध्यक्ष विजय गुरुङसँगै नुवाकोट जिल्ला फुटबल संघका अध्यक्ष देव चित्रकार, सुभाष श्रेष्ठ, राजु थापा, राजेन्द्र खतिवडा, नुवाकोट जिल्ला ब्याडमिन्टन संघका चन्दन घले र राजेन्द्र ढुङ्गाना लगायतको उपस्थिति रहेको थियो।

पत्रकार सम्मेलनमा बोल्ने वक्ताहरुले प्रतियोगिता सभ्य र भव्य बनाउन पत्रकार र सञ्चारकर्मीहरूको सहयोग आवश्यक रहेको बताउँदै सहयोगको अनुरोध गरेका छन् । जानकारी तथा टिम दर्ताका लागि जिल्ला खेलकुद विकास समिति, नुवाकोटको फोनः ०१०५६०२८७० तथा मोबाइल नम्बरहरू ९८४१६७१८३३, ९८५११६०१५१ र ९८५११९१४७५ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

Continue Reading

Previous: लोकतन्त्र र गणतन्त्रको विकल्प छैन: गृहमन्त्री लेखक
Next: राप्रपाले तोड्ने भनेको निषेधित क्षेत्र सरकारको नियन्त्रणमा

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४
प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार