Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

कांग्रेसको समयमै महाधिवेशन हुनुपर्छ : नैनसिंह महर

नुवाकोट पुकार ८ बैशाख २०८२, सोमबार १२:४१

काठमाडौं, बैशाख ८ — नेपाली कांग्रेसका १५औं महाधिवेशनका महामन्त्री पदका उम्मेदवार नैनसिंह महरले पार्टीको लोकतान्त्रिक अभ्यासलाई सशक्त बनाउने मार्गका रूपमा महाधिवेशन समयमै सम्पन्न हुनुपर्नेमा जोड दिएका छन्।

काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महरले पार्टीको संगठनात्मक तयारी, अधिवेशनको पूर्वाधार र विधानअनुसारका प्रक्रियामा देखिएको सुस्तताले महाधिवेशन समयमै सम्पन्न हुनेमा आशंका पैदा भएको बताएका हुन्।

“महाधिवेशन केवल एक औपचारिकता नभएर  यो पार्टीको नीति निर्माण, आत्मसमीक्षा, नेतृत्व हस्तान्तरण र संगठन सुदृढीकरणको अवसर हो,” महामन्त्री उम्मेदवार महरले भने, “हामीले प्रक्रिया र समयतालिकालाई गम्भीरतापूर्वक नलिने हो भने पार्टीको संस्थागत क्षमता र जनतासँगको भरोसा दुवै कमजोर हुन सक्छ।”

उनले स्पष्ट रूपमा भने, “विधानतः तोकिएको अवधिमा अधिवेशन नगर्नु पार्टी नेतृत्वको जिम्मेवारीबाट पलायन हो। अहिले नै तहगत अधिवेशन सम्पन्न गर्दै केन्द्रीय अधिवेशनको तयारीमा लाग्न आवश्यक छ।”

महरले संगठनभित्रको काममा स्पष्ट समयरेखा, कार्ययोजना र पारदर्शी प्रक्रिया सुनिश्चित नगरी महाधिवेशनको सफल सम्भावना कमजोर हुने बताए। विशेषतः निर्वाचन समिति गठनमा ढिलाइ, संरचनागत तयारीको अभाव, र समन्वयको कमजोरीले कांग्रेसभित्र निर्णय प्रक्रियामा जटिलता बढाएको उनी बताउँछन्।

महाधिवेशनमा महामन्त्री पदको लागि उम्मेदवारी दिने तयारीमा रहेका महरले आफ्नो अभिव्यक्तिका माध्यमबाट पार्टीभित्र सुधार, उत्तरदायित्व र आन्तरिक लोकतन्त्र सुदृढ गर्न आवश्यक संवाद सुरु गर्ने प्रयास गरेका छन्।

Continue Reading

Previous: सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाको एक लाख ९१ हजार
Next: शिक्षकहरुलाई प्रधानमन्त्रीको आह्रवान ः वार्तामा बस्नुस ,सहमति गरेर घर फर्कनुस्

सम्बन्धित समाचार

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार