Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

शिक्षकहरुलाई प्रधानमन्त्रीको आह्रवान ः वार्तामा बस्नुस ,सहमति गरेर घर फर्कनुस्

नुवाकोट पुकार ८ बैशाख २०८२, सोमबार १६:१०

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन आह्वान गर्नुभएकोे छ ।आज काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले तुरुन्तै वार्तामा आएर सम्भव भएका विषयहरु टुंग्याउन र सहमतिका साथ घर फर्कन आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले शिक्षकहरुले राखेका मागमा सरकार ‘नेगेटिभ’ नभएको जिकिर गर्नुभयो। ‘सरकार उहाँहरुका मागप्रति नेगेटिभ हुने कुरै छैन। सम्भव मागहरु सबै पूरा गर्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । उनले संभव मागहरु पूरा गर्न सरकार तयार रहेको भन्दै वार्तामा आएर सहमति गरी कार्यस्थलमा फर्किन आग्रह गर्नुभयो । ‘सरकार उहाँहरूका मागप्रति नेगेटिभ हुने कुरै छैन। संभव मागहरु सबै पूरा गर्छ। उहाँहरू तुरुन्त वार्तामा आएर विषय टुंग्याउनुस्। सहमति गर्नुस् र फर्किनुस्। मेरो आग्रह छ।’ प्रधानमनत्रलिे भन्नुभयो, ‘औपचारिक वार्तै गर्नुहुन्न भन्ने अनौठो सुनेको छु मैले। आन्दोलन गर्ने वार्ता नगर्ने, के भनेको त्यो ? वार्तामा आउनुस्, कुरा गर्नुस्, सम्भव कुरा सरकारले गरिदिन्छ।’

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग राखेर सरकारी विद्यालयका शिक्षक तथा कर्मचारीहरुले शिक्षक महासंघको अगुवाइमा चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन्। उनीहरुले चैत २५ गतेदेखि आम शैक्षिक हड्ताल आह्वान गरेका छन्। उनीहरुको आन्दोलनका कारण वैशाखदेखि सुरु भएको भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षण लगायतका काम प्रभावित भएका छन्।

Continue Reading

Previous: कांग्रेसको समयमै महाधिवेशन हुनुपर्छ : नैनसिंह महर
Next: शिक्षा मन्त्रीले दिईन राजीनामा

सम्बन्धित समाचार

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार