
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ काे पूर्वनिर्धारित परीक्षा सार्ने जनाएको छ । मंगलबार साँझ बसेको बोर्डको बैठकले परीक्षा सार्ने निर्णय गरेको हो ।
यही वैशाख ११ गते हुने भनिएको परीक्षा सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिएका छन् ।
यसअघि परीक्षा बोर्डले तोकिएको समय पर्सि ११ गते नै परीक्षा गर्ने निर्णय गरेको थियो । तर सबै संयन्त्र प्रयोग गरेर भएपनि परीक्षा गर्ने तयारीमा बोर्ड थियो ।प्रधानमन्त्री ओलीले स्थिति जटिल बनेको भन्दै केही समय सार्न निर्देशन दिनुभएको बताइएको छ ।
शिक्षक महासंघले परीक्षामा सहभागिता नजनाउने निर्णय गरेसँगै सरकार अप्ठेरोमा परेको थियो । शिक्षकहरुले २४ बुँदे माग अघि सारेर २१ दिनदेखि राजधानी केन्द्रीत आन्दोलन गर्दै आएका छन् ।