
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक २।०८ अंकले बढेको छ । शून्य दशमलव शून्य ७ प्रतिशतले बढेर २६५८।०२ बिन्दुमा उक्लिएको छ ।
कुल ८३ कम्पनीको सेयर मूल्य बढ्यो भने १६१ कम्पनीको मूल्य घट्यो । एक कम्पनीको मूल्य स्थिर रह्यो ।आज ७० हजार ७०३ पटकको सेयर किनबेचबाट ७ अर्ब ८७ करोड ९३ लाख ८१ हजार रुपैयाँको सेयर कारोबार भएको छ । कुल १ करोड ९७ लाख ५४ हजार २४५ कित्ता सेयर किनबेच भए । आज अधिकांश उपसमूहहरु घट्यो ।