Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

प्रतिनिधि सभाबाट दुई विधेयक पारित

नुवाकोट पुकार १६ बैशाख २०८२, मंगलवार १५:२४

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले भन्सार विधेयक २०८१ र केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८१ पारित गरेको छ ।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले पारित गरियोस् भनि प्रस्तुत गर्नुभएको भन्सार विधेयक २०८१ लाई सभाको बहुमतले पारित गरेको हो ।

विधेयक माथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै अर्थ मन्त्री पौडेलले भन्सार कार्यालयहरूमा सुशासन कायम गर्ने अनियमितता नियन्त्रण गर्ने र राजस्व छल्न नदिने कुरामा सरकार स्पष्ट रहेको बताउनुभयो । 

अर्थमन्त्री पौडेलले भन्सार कार्यालयहरूमा बेथिति नहोस्, राजस्व चुहावट नहोस्, अनियमितता नहोस् भनेर सकारात्मक सुझाव प्राप्त भएको बताउनुभयो ।

यसैगरी, कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसीयाले पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८१, सभाको पारित गरेको छ ।

विधेयक माथिको छलफलमा उठेको विषयमा जवाफ दिँदै कानुन मन्त्री चौरसीयाले प्रचलित नेपाल ऐन कार्यान्वयनमा देखिएको कठिनाइ तथा समस्या सम्बोधन गर्न र कतिपय ऐनमा रहेका प्राविधिक तथा अनुशांगीक त्रुटिलाई हटाई समय सापेक्ष बनाउन ऐन आएको बताउनुभयो ।

उहाँले कानुनमा रहेका अस्पष्ट विषयहरूलाई स्पष्ट गरी विकास निर्माणका कामहरू सहज रुपमा अगाडी बढाउन ७९ वटा ऐन संशोधन र दुई वटा ऐन खारेज गर्न केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक ल्याएको स्पष्ट पार्नुभयो ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्री परिषद्को सिफारिसमा संविधानको धारा ९५ बमोजिम यही बैशाख १९ गते शुक्रवार दिउसो ३ बजे संघीय संसद्को दुवै सभाको संयुक्त बैठकमा सम्बोधन गर्ने र सदनको संयुक्त बैठक आव्हान गर्नुभएको विषयमा जानकारी गराउनुभयो ।

सभामुख घिमिरेले यही बैशाख १९ गते संघीय संसद्को दुवै सभाको संयुक्त बैठकमा सम्बोधन गर्ने कार्यक्रम रहेकाले प्रतिनिधि सभाका सांसदहरूलाई दिउँसो २ः४५ बजेभित्र  निर्धारित पोसकामा उपस्थित भइसक्न आग्रह गर्नुभयो ।

प्रतिनिधि सभाको अर्को बैठक बैशाख १९ गते साँझ ५ बजे बस्ने छ । 

Continue Reading

Previous: शिक्षक–सरकार वार्ता सकारात्मकः आजै सहमति हुने सम्भावना बलियो
Next: गगन थापासँग सर्वोच्च अदालतले माग्यो लिखित जवाफ

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार