
फाइल तस्बिर
१६ वैशाख, काठमाडौं । शिक्षक महासंघ र सरकारबीच केहीबेर अघिबाट वार्ता सुरु भएको छ । शिक्षक महासंघको टोली विज्ञान, प्रविधि तथा शिक्षा मन्त्रालयमा पुगेसँगै वार्ता सुरु भएको हो । महासंघका महासचिव तुलाबहादुर थापाका अनुसार वार्ताका लागि महासंघ अध्यक्षको नेतृत्वमा शिक्षक नेताहरु शिक्षा मन्त्रालय पुगेका छन् ।
सरकार र महासंघबीच आज नै सहमति खोज्ने प्रयास भैरहेको छ । हिजो भएको वार्ता सहमति नजिक पुगेको बताइएको भएपनि कुन कुन विषयमा सहमति हुदैछ भन्ने खुलाइएको छ । महासंघले २४ बुँदे मागसहित चैत्र २० देखि आन्दोलन गरिरहेको छ ।