
काठमाडौं । रेशम चौधरी पक्राउ परेपछि जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता कार्यक्रम स्थगित भएको छ । जनमत पार्टीका अध्यक्ष सीके राउतका अनुसार, संयुक्त कार्यदलको बैठकपछि एकताको नयाँ मिति तय गरिनेछ ।
पार्टी एकताको कार्यक्रमस्थल प्रज्ञाभवन पुगेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो ।
टीकापुर घटनामा अदालतको फैसला कार्यान्वयनका लागि चौधरीलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले बताए । चौधरीलाई डिल्लीबजार कारागार पठाइएको अधिकारीले बताए ।प्रहरी स्रोतका अनुसार आममाफीको फैसला सर्वोच्चले उल्ट्याएपछि उनलाई पक्राउ गरिएको हो ।