
जेठ १० काठमाडौं । नेपाली कांग्रेसले राजसंस्थाबारे नेपाली कांग्रेसले कुनै धारणा सार्वजनिक नगरेको प्रष्ट पारेको छ । सभापति, संसदीय दलका नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको धारणा भनी राजसंस्थाका बारे प्रकाशित भएको भ्रामक र कपोलकल्पित समाचारप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकृष्ट भएको उल्लेख गर्दै नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्तिमार्फत यस्तोप्रष्ट पार्नुभएको छ । पौडेलले पार्टी केन्द्रीय कायाृलयका तर्फबाट जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ,
ऐतिहासिक जनआन्दोलन २०६२र६३ मा नेपाली जनताको अभूतपूर्व त्याग र वलिदानबाट प्राप्त उपलव्धी अर्थात् संघीय समावेशी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको संरक्षण र सम्वद्र्धन गर्दै नागरिकहरूलाई पूर्ण स्वतन्त्रता, समानता र सामाजिक न्याय सहितको लोकतान्त्रिक व्यवस्थाका लागि सभापति देउवाले सदैव नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहनु भएको छ ।
कसैले क्षणिक स्वार्थ पूर्ति गर्न राजसंस्था बारे उहाँको धारणा भनि संचार माध्यममा गलत सूचना संप्रेषण गर्नु अनैतिक र घोर आपत्तिजनक कार्य हो । उहाँले कहि कतैं नबोलेको, नभनेको र नसोचेको कुरालाई मनगढन्ते ढंगले आम संचारको माध्यमलाई दुरुपयोग गर्दै प्रचारमा ल्याउनु पत्रकारिताको मर्म र भावना विपरीत हो । जो सुकैले यस्तो कार्य गरेको भएता पनि यस्ता भ्रामक र कपोलकल्पित समाचारको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ ।
विज्ञप्तिमा अगाडि भनिएको छ,नेपाली कांग्रेस सबै आन्दोलनबाट प्राप्त उपलब्धीहरुलाई रक्षा गर्न प्रतिवद्ध रहेको दोहो¥याउँदै यस्ता समाचारप्रति विश्वास नगर्न आम नागरिकलाई अपिल गर्दै अव्यक्त कुरा संचार माध्यममा सम्प्रेषण नगर्न संचारकर्मी मित्रहरुलाई आग्रह गर्दछ । बुधबार राजधानीबाट प्रकाशित अनलाइन सञ्चारमाध्यमले कांग्रेस सभापति शेरबहादुर देउवाले ह्ृदयेन्द्र शाहलाई राजा बनाउने सकिने भन्ने धारणा राखेको भन्दै समाचार सार्वजनिक भएको थियो । उक्त समाचारलाई राजावादीहरुले बढि प्रचार गरेका थिए ।
