
१७ वैशाख, काठमाडौं। सरकार र शिक्षकबीचको वार्तालाई आजनिर्णायक मोडमा लगिने भएको छ । सहमतिलाई सुसिनश्चितता प्रदान गर्न सरकारकातर्फबाट शिक्षामन्त्रीसहित गृहमन्त्री रमेश लेखक, सत्ता पक्ष एमालेका मुख्य सचेतक महेश बर्तौला र कांग्रेस प्रमुख सचेतक श्याम कुमार घिमिरे पनि सहभागी हुनुभएको छ ।
शिक्षकहरूले ऐन जारी गर्ने सुनिश्चतता खोजेपछि सरकारका गृहमन्त्री लेखक, दुई ठूला दलका प्रमुख सचेतक पनि बैठकमा सहभागी भएको बुझिएको छ । सरकार र शिक्षक महासंघबीच आज सहमति गर्ने गरि गमभीर रुपमा छलफल भैरहेको वार्तामा सहभागि एक शिक्षक प्रतिनिधिले नुवाकोट पुकारलाई जानकारी दिनुभयो । वार्तामा शिक्षा समितिका सभापति अमरबहादुर थापा र शिक्षा समितिका उपसमिति संयोजक छबिलाल विश्वकर्मा लगायत सहभागी रहनु भएको छ ।