
काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरूबीच आज भएको वर्तामा ९ बुँदे सहमति भएको छ । सहमति भएसँगै शिक्षक आन्दोलन रोक्ने सहमति भएको बताइएको छ ।
सरकारी वार्ता टोलीका एक सदस्यहका अनुसार मन्त्रिपरिषदको बैठकबाट नौबुँदे सहमति निर्णय गर्ने र यो अधिवेशनबाट ऐन पास गर्ने सहमति भएको हो । सिंहरदरबारमा भएको वार्तापछि सहमतिलाई अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक बस्दैछ ।
मन्त्रिपरिषद् बैठकले निर्णय गरिसकेपछि आन्दोलनरत शिक्षकहरुले पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्ने तयारी गरेका छन् ।