Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

सूचना तथा सञ्चार प्रविधि दिवसमा ३० जनाले गरे रक्तदान

नुवाकोट पुकार २० बैशाख २०८२, शनिबार १६:०९

१९ वैशाख, विदुर ।‘सूचना प्रविधिको अभियान: डिजिटल नेपालको निर्माण’ भन्ने नाराका साथ मनाइएको नुवाकोटमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा नुवाकोटमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घको आयोजनामा विदुरमा भएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेको क्यान महासङ्घ नुवाकोटका अध्यक्ष नारायणकुमार घलेले जानकारी दिए ।

कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले पछिल्लोसमय रगतको अभाव भईरहेको समयमा क्यान महासङ्घ नुवाकोटले आयोजना गरेको रक्तदानले रगत अभाव टार्न थोरै भए पनि सहयोग पुर्‍याउने बताए ।

रक्तदानमा महिला तीन जना र पुरुष २७ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी नुवाकोटका कार्यवाहक सभापति उद्धव शर्मा रिजालले जानकारी दिए । जिल्लामा बर्सेनि रगत माग बढ्दै गए पनि रक्तदाताको सङ्ख्या भने त्यस अनुपातमा बढ्न सकेको छैन । चालु आर्थिकवर्षमा रक्तदाता खोजी गर्नुपर्ने चुनौती देखा परेको उनले बताए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी नुवाकोटद्वारा सञ्चालित रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोग रहेको थियो ।

सूचना तथा सञ्चार प्रविधिको प्रचारप्रसार, समावेशी प्रयोग र डिजिटल सशक्तिकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्षको ‘मे’ २ तारिखमा यो दिवस मनाउने गरिन्छ ।

यो दिवसलाई नेपाल सरकारले २०७४ साल वैशाख १९ गतेको मन्त्रिपरिषद् बैठकमार्फत राष्ट्रिय दिवसको मान्यता दिएको हो ।

य

Continue Reading

Previous: नीति तथा कार्यक्रम सही छन् ढुक्कले समर्थन गर्नुहोस् : प्रधानमन्त्री ओली
Next: नागढुंगा–नौविसे सडकखण्ड आशिंक बन्द हुने, साना तथा मझौला सवारी साधनका लागि मात्रै वैकल्पिक व्यवस्था

सम्बन्धित समाचार

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार