Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

माभोरियन सिस्टम्सलाई राष्ट्रिय सूचना प्रविधि पुरस्कार २०८२ प्रदान

नुवाकोट पुकार २१ बैशाख २०८२, आईतवार ११:०० 1 min read

काठमाडौं । आईटी कम्पनी माभोरियन सिस्टम्स प्रालिलाई राष्ट्रिय सूचना प्रविधि दिवस पुरस्कार २०८२ प्रदान गरिएको छ । शुक्रबार राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा माभोरियन सिस्टम्सलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना प्रविधि पुरस्कार २०८२ प्रदान गरेको हो ।

सम्मान प्राप्त गरेपछि कर्मचारीहरू, स्वास्थ्य सेवा साझेदारहरू र ग्राहकहरूलाई निरन्तरको विश्वास र सहकार्यको लागि धन्यवाद ज्ञापन गर्दै माभोरियन सिस्टम्सले आगामी दिनहरूमा पनि नवीन र दिगो सूचना प्रविधि समाधानहरू विकास गर्दै स्वास्थ्य सेवा प्रदान गर्ने र सञ्चालनमा सुधार ल्याउने प्रतिबद्धता जनाएको छ ।

नेपालको स्वास्थ्य प्रणालीको डिजिटल रूपान्तरणमा पुर्‍याएको महत्वपूर्ण योगदानको कदरस्वरूप माभोरियनलाई उक्त पुरस्कार प्रदान गरिएको हो । सन् २०१६ मा स्थापना भएको माभोरियन सिस्टम्स नेपालको अग्रणी सफ्टवेयर विकास कम्पनी हो, जसले विशेष गरी हस्पिटल म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (HMIS) र इलेक्ट्रोनिक मेडिकल रेकर्ड (EMR) मा विशेषज्ञता हासिल गरेको छ ।
स्वास्थ्य प्रणालीलाई डिजिटलाएइज गर्ने कम्पनीको प्रमुख उत्पादन डल्फिनमा प्रशासनिक, क्लिनिकल र सञ्चालन सम्बन्धी कार्यहरूलाई एकीकृत गर्दै फार्मेसी र प्रयोगशाला व्यवस्थापन, विरामी रेकर्ड र स्वास्थ्य बीमा दाबी प्रक्रिया गर्ने सुविधा समावेश छन् ।

डल्फिनले नेपालको स्वास्थ्य सेवाहरूलाई डिजिटल बनाउन महत्वपूर्ण भूमिका खेलेको छ, जसले ५० लाखभन्दा बढी बिरामीहरूलाई सेवा प्रदान गरेको छ र १० करोडभन्दा बढी क्लिनिकल रेकर्डहरू व्यवस्थापन गरेको छ । यो प्रणाली नर्भिक इन्टरनेशनल, भरतपुर हस्पिटल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाजस्ता प्रतिष्ठित स्वास्थ्य संस्थाहरूमा प्रयोग भइरहेको छ ।
नेपाल बाहेक, माभोरियन सिस्टम्सले युरोप, अमेरिका, र अष्ट्रेलियामा पनि आफ्ना सफ्टवेयर समाधानहरू प्रदान गर्दै आएको छ। कम्पनीको विशेषज्ञता सफ्टवेयर विकास, क्लाउड कम्प्युटिङ, डाटा सेन्टर, नेटवर्किङ, सुरक्षा र प्रणाली एकीकरणमा केन्द्रित छ ।

Continue Reading

Previous: असार १५ भित्र शिक्षा विधेयक संसदबाट पारित गर्न कांग्रेस थप प्रतिवद्ध
Next: प्रहरीको हिरासतबाटै ६ अभियुक्तले दिए कक्षा १२ को परीक्षा

सम्बन्धित समाचार

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४
प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

छुटाउनु भयो कि ?

एक करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ

एक करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ

२४ असार २०८२, मंगलवार १७:१४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार