Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

प्रहरीको हिरासतबाटै ६ अभियुक्तले दिए कक्षा १२ को परीक्षा

नुवाकोट पुकार २१ बैशाख २०८२, आईतवार १४:४०

२१ वैशाख, काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतबाट ६ जना अभियुक्तले कक्षा १२ को वार्षिक परीक्षा दिएका छन् ।

परीक्षा दिनेमा १५ चैतमा भएको राजावादी प्रदर्शनमा भाटभटेनी सुपरमार्केटमा लुटपाट गरेको आरोपमा पक्राउ परेका सिराहाका १९ वर्षीय दिनेश महतोदेखि अन्य मुद्दाका अभियुक्तसम्म छन् ।

काठमाडौं प्रहरीका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार, आइतबारबाट सुरु वार्षिक परीक्षाको तयारीमा रहेका तर, विभिन्न कसुरमा हिरासतमा पुगे पनि उनीहरुको शिक्षाको हकलाई ख्याल गर्दै परीक्षा दिने व्यवस्था गरिएको हो ।

‘काठमाडौं प्रहरी मातहतका युनिटमा रहेकाहरु पनि कतिपयको कक्षा १२ को परीक्षा रहेछ, त्यही अनुसार परीक्षा बोर्डसँग समन्वय गरेर यहीँ परीक्षा दिने व्यवस्था मिलाएका छौं’, उनले भने, ‘परीक्षा दिनेमा सवारी ज्यानसम्बन्धी कसुर, अभद्र व्यवहार, चोरी लगायतका मुद्दाका आरोपी छन् ।’

चोरी आरोपमा पक्राउ परेका सिन्धुपाल्चोकका दावा शेर्पाले भने काठमाडौं प्रहरी परिसरबाट परीक्षा दिइरहेका छन् । उनीहरुको परीक्षाका लागि प्रहरीले केन्द्राध्यक्ष नै बोलाएर छुट्टै गार्ड र बेञ्चको व्यवस्था गरेको थियो ।

काठमाडौं प्रहरी मातहत रहेका अभियुक्तहरुमध्ये थप दुई जनाले पनि परीक्षा फारम भरेका थिए । तर, उनीहरुले परीक्षा दिन रुचि देखाएनन् ।

जबरजस्ती करणी सम्बन्धी कसुरमा प्रहरी वृत्त गौशालामा रहेका अभयराज सिंहको पनि कक्षा १२ को परीक्षा थियो । तर, २० वैशाखमा पक्राउ परेका उनले परीक्षा दिएनन् ।

उनी नामी कलेजमा पढिरहेका थिए । ज्यान मार्ने उद्योगका आरोपित राजकुमार खडायतले पनि परीक्षा दिएनन् । उनी दुर्गालक्ष्मी मावि अत्तरियामा अध्ययरत् थिए ।

अदालतबाट मुद्दा छिनोफानो भएर वा पुर्पक्षका लागि थुनामा रहेकाहरुलाई समेत अध्ययन गर्न चाहे कारागारबाट समेत पढ्न पाउने व्यवस्था छ । काठमाडौंको केन्द्रीय कारागारमा त कैदीबन्दीहरुका लागि छुट्टै स्कुल पनि छ ।खबरबुकबाट

Continue Reading

Previous: माभोरियन सिस्टम्सलाई राष्ट्रिय सूचना प्रविधि पुरस्कार २०८२ प्रदान
Next: प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाले लिए सपथ

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार