Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

वैशाख १५ भित्रमा पनि सकिएन क्रियाशिल नविकरण

नुवाकोट पुकार २४ बैशाख २०८२, बुधबार १६:०७

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण गर्नको लागि चैत्र मसान्तसम्म अन्तिम समयसिमा तोकेको थियो । तर चैत्र मसान्तसम्म पनि कुनै पनि जिल्लाले नविकरणको काम गर्न नसकेपछि १५ दिन म्याद थप गरिएको थियो ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नेतृत्वमा गठित समितिको बैठक बसेर वैशाख १५ गतेसम्मको सीमा तोकेको थियो । महामन्त्री थापा नेतृत्वको समितिले ७७ जिल्ला कार्यसमितिलाई परिपत्र गर्दै समय थपेको जानकारी गराएको थियो । तर महामन्त्री नेतृत्वले दिएको सयमसिमाभित्र पनि कांग्रेसको क्रियाशिल सदस्य नविकरणको काम सकिएको छैन ।

पार्टी केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार हालम्म केही जिल्लाबाट मात्रै नविकरणको काम सकिएको खबर आएको छ । देशभर १६५ निर्वाचन क्षेत्र अन्र्तरगतका क्षेत्रीय समितिले क्रियाशिल सदस्यको टुंगो लगाएर वैशाख १५ भित्र जिल्ला समितिलाई बुझाउनु पर्ने कार्यतालिका अनुसार स्थानीय तह क्रियाशिल नहूँदा यो समस्या आएको नेताहरुले बताएका छन् ।

कांग्रेसमा हाल ८ लाख ४६ हजार ७२९ क्रियाशिल सदस्य रहेका छन् । ति मध्ये २५ प्रतिशतले विभिन्न कारणले नविकरण नगर्ने अनुमान गरिएको छ । नविकरण भए अनुसार यस पटक १५ औं महाधिवेशनका लागि २५ प्रतिशत अर्थात २ लाख थप गर्ने कांग्रेसको योजना रहेको छ । तर माग भए थप गर्न सकिने कांग्रेस नेता तथा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । उहाँले क्रियाशिल सदस्य नविकरणको सबै फारम केन्द्रमा आएपछि बैठक बसेर नयाँ सदस्यको फारम वितरण गर्ने जानकारी दिनुभयो ।

कांग्रेसको विधान अनुसार १४ औं महाधिवेशनबाट निर्वाचित नेतृत्वको कार्यकाल २०८२ मंसिरमा सकिदैछ । सो अनुसार मंसिरमा महाधिवेशन हुनुपर्ने भएपनि त्यो सम्भावना भने देखिएको छैन । मंसिर आउन अब ७ महिना मात्रै बाँकी रहेको छ । वैशाखभरिमा पूरानो नविकरणको काम नै सकिने अवस्था छैन । त्यसपछि नयाँ सदस्य वितरण हुने छ । कांग्रेसमा मुख्य समस्या नै सदस्यता थपमा हुुुुदै आएको छ । वडामा रहेका सदस्यले क्षेत्रीय प्रतिनिधि छान्ने र क्षेत्रीय प्रतिनिधिले महाधिवेशन प्रतिनिधि तथा जिल्ला नेतृत्व समेत छान्ने भएकाले यसमा नै आफ्नो मान्छे ल्याउन चलखेल हुने गर्दछ । अब नयाँ सदस्यका विषयमा पनि थप चलखेल हुुने निश्चित छ । यसले नै समय लम्बिने निश्चित । त्यसपछि वडादेखि केन्द्रसम्म पुग्न अन्य ६ तहको अधिवेशन सम्पन्न गर्नुपर्ने हुन्छ । तसर्थ मंसिरमा त्यो सम्भावना देखिदैन ।

सभापति शेरबहादुर देउवाले त्यसलाई बुझेर२०८२ मा महाधिवेशन नहुने बताइसक्नु भएको छ । महाधिवेशन नभएपनि सभापतिलाई सहजै एक वर्ष समय थप गर्न सक्ने व्यवस्था छ । तर त्यसलाई केन्द्रीय समितिले अनुमोदन भने गर्नुपर्दछ । केन्द्रमा देउवा पक्ष नै बहुमतमा रहेकाले समय थप गर्न समसया देखिदैन । यद्यपि संस्थापनइतर समूहले भने २०८२ मंसिरभित्र महाधिवशेनको मा गर्दै आएको छ । जे जे भएपनि संस्थापनको चाहाना अनुसार अबको महाधिवेशन २०८३ पुग्ने निश्चित नै रहेको छ । तर कतिपय कांग्रेसका नेताहरुले भने २०८४ वैशाखम ास्थानीय र संघीय निर्वाचन हुने भएकाले पार्टी महाधिवेशन २०८४ पछि मात्रै हुने बताउँदै आएका छन् । कांग्रेसमा सभापतिका लागिम हामन्त्री गगन थापा र डा. शेखर कोइरालाले आफ्नो उम्मेदवारी घोषणा गरिसक्नु भएको छ ।

सभापतिमा शेरबहादुर देउवाले दोहोरयाउन नपाउने भएपछि देउवा पक्षले भने आफ्नो तर्फबाट कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय गरिसकेको छैन । सभापति देउवालाई उपसभापति पुर्णबहादुर खड्कासहित पूर्व पदाधिकारीहरु प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, कृष्ण सिटौला,डा. शशांक कोइराला, विमलेन्द्र निधिले दवाव दिँदै आउनु भएको छ । यस्तै महामन्त्रीमा युवा नेता तथा केन्द्रीय सदस्य नैनसिंह महरले आफ्नो उम्मेदवारी घोषणा गरिसक्नु भएको छ । प्रवक्ता डा. प्रकाशशरण महत लगायतका नेताहरुले पनि पदाधिकारीका लागि उम्मदवार बन्ने तयारी गर्नु भएको छ । डा.महतले पार्टी उपसभापतिका लागि तयारी गर्दै आउनु भएको बुझिएको छ ।

Continue Reading

Previous: राजस्व सङ्कलन कमजोर भएपछि प्रदेश र स्थानीय तहको अनुदान कटौती
Next: अब शिक्षक जिम्मेवार बन्ने कि ?

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४
प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार