
बिदुर नुवाकोट , नुवाकोट जिल्लाको देबीघाटमा अबस्थित नुवाकोट को एकमात्र सस्कृत भाषा बिध्यालय श्री शहिद जगत प्रकाश जंग शाह संस्कृत माध्यमिक बिध्यालय लाई नुवाकोट अमेरिका सम्पर्क समिति , अमेरिका ले एकलाख असि हजार रुपैया आर्थिक सहयोग उपलब्ध गराएको छ । यो आर्थिक सहयोग ले बिध्यार्थी र बिध्यालय को शैक्षिक लगायत का बिभिन्न कार्यमा थप ऊर्जा र शाहस थपीएको बिध्यालय ले जानकारी गराएको छ ।
बिगत एक दशक देखि प्राकृतिक प्रकोप , महामारी , र अन्य आर्थिक समस्या मा परेको समुदाय र बिशेष गरी आर्थिक बिपन्न क्षत्र का बिध्यालय लाई नुवाकोट अमेरिका सम्पर्क समिति ले आर्थिक साहायता गर्दै आइरहेको समिति का अध्यक्ष डा। दीपेन्द्र दहाल ले बताउनु भयो । हाल सम्म नुवाकोट को आर्थिक रूप मा कमजोर भएको २० भन्दा बढ़ी बिधयालय लाई आर्थिक लगायत न्यनो कपड़ा समेत बितरण गरेको र आगामी दिन मा पनि सहयोग लाई निरन्तरता दिने सस्था का महासचिब जनकराज ढूँगाना ले जानकारी गराउनु भयो ।
संस्कृत बिध्यालय लाई हामीले संरक्षण गर्नुपर्छ सरकार र नगरपालिका ले दिने बजेट ले शिक्षक को खर्च मात्र पुग्ने र बटुक को ब्यबस्थापन मा आर्थिक समस्या भएको कारण सस्था मा सम्मिलित सबै को सहभागीता मा रकम जुटाएर बिध्यालय को आग्रह अनुसार सकेको सहयोग गरेको समेत ढूँगाना ले बताउनु भयो । अमेरिका निबासी बिज्ञान खनाल को नेतृत्व मा रहेको समिति को अघिल्लो कार्यकाल मा पनि यस बिध्यालय लाई आर्थिक सहयोग गरेको थियो यो पटक को सहयोग दोस्रो सहयोग हो ।