Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

बागमती प्रदेशमा ‘प्रदेश भाषा दिवस’ मनाइयो

नुवाकोट पुकार २४ बैशाख २०८२, बुधबार १६:५२

काठमाडौँ । बागमती प्रदेश सरकारले आज ‘प्रदेश भाषा दिवस’ को अवसरमा विशेष कार्यक्रम आयोजना गरि मनाएको छ ।

भाषा दिवसको अवसरमा आज  प्रदेश राजधानी हेटौँडामा बिहान प्रभात फेरीसहित समारोह आयोजना गरिएको थियो । बिहान हुप्राचौरबाट प्रभातफेरी निकालेपछि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यक्रममा परिसरमा आयोजित कार्यक्रममा नेपाल भाषा र तामाङ भाषामा योगदान गरेका दुई जनालाई सम्मान गरिएको छ । मातृभाषामा योगदानका लागि नेपाल भाषाका मल्लके सुन्दर र तामाङ भाषाका अजितमान तामाङलाई सम्मान गरिएको हो । प्रदेश सरकारको सरकारी कामकाजको भाषाको रुपमा तामाङ र नेपाल भाषा लागू भएको दिनको अवसरमा भाषा दिवस मनाइएको हो । 

काठमाडौँमा पनि बिहानै भाषा प्रभावकारी कार्यान्वयनका लागि दबाब स्वरूप नेवार र तामाङ समुदायले ब्यानर तथा प्लेकार्ड प्रदर्शन गरेका छन् । दिवसको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिइएको छ । गत वर्ष वैशाख २४ गते प्रदेश सरकारी कामकाजी भाषा ऐन– २०८० कार्यान्वयनमा आएको थियो । त्यसपछि नेपालीसँगै नेवार र तामाङ भाषालाई पनि बागमती प्रदेशको सरकारी कामकाजी भाषा बनाइएको छ । 

सङ्घीय राजधानी काठमाडौँको शान्तिबाटिकाबाट बिहानै भाषा प्रभावकारी कार्यान्वयनका लागि दबाब स्वरूप ब्यानर तथा प्लेकार्ड प्रदर्शन गरी इन्द्रचोकमा कोणसभा गरिएको छ । यस्तै साँझ काठमाडौँको स्वयम्भू र बौद्ध तथा ललितपुरको मंगलबजारमा दीप प्रज्वलन कार्यक्रम हुने नेपाल तामाङ घेदुङले जनाएको छ । 

Continue Reading

Previous: सचेत बन्दै गरिब–पीडित
Next: केन्द्रीय सुरक्षा समिति बैठक : सीमा र विमानस्थलमा निगरानी बढाइने

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार