
हेटौंडा । बागतमी प्रदेशको राजधानी हेटौडामा प्रदेश युवा सम्मेलन सुरु हुँदैछ ।बागमती प्रदेश युवा परिषद्को आयोजनामा आजदेखि सुरु हुने तेस्रो संस्करणको सम्मेलनमा सातै प्रदेशका ३ सय भन्दा बढी युवाको सहभागिता रहेको बताइएको छ ।
हेटौंडामा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले युवालाई नवप्रवर्तन र उद्यमशीलताको क्षेत्रमा प्रोत्साहित गर्ने उद्देश्य रहेको जानकारी गराए ।
सम्मेलनमा विभिन्न विषयमा ६ वटा छलफलको आयोजना गरिने कार्यकारी उपाध्यक्ष चौलागाईले जानकारी गराए । करिब ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको सम्मेलनमा सहभागी युवाले मुख्यमन्त्री बहादुर सिंह लामासँग संवाद गर्नेछन् ।
सम्मेलनमा युवा पुस्ताको सफलताको कथा प्रस्तुति हुनेछ । मंगलबारसम्म सञ्चालन हुने सम्मेलनमा देशका सातै प्रदेशका युवाको समेत सहभागिता रहनेछ ।
अनलाइनमार्फत् आवेदन दिएका प्रदेशभित्रका युवा, बागमती प्रदेशका ११९ वटै पालिकालाई एकरएक जना सहभागी पठाउन आग्रह बमोजिम सिफारिस भएका युवा र सातै प्रदेशका प्रदेश युवा परिषद् वा सामाजिक विकास मन्त्रालयको सिफारिसमा युवाको सहभागिता रहनेछ