
नुवाकोट । नुवाकोट जिल्लाका चर्चित साहित्यकार तथा नेपाली कांग्रेस नुवाकोटका सचिव श्रीराम श्रेष्ठद्वारा लिखित नियात्रा सङ्ग्रह ‘यात्राको तस्बिर’ आज एक कार्यक्रमकाबीच राजधानीमा विमोचन गरिएको छ ।
नेपाली कांग्रेसका नेता एवं सांसद् डा.शशांक कोइरालाले आज लेखक तथा साहित्यकार श्रेष्ठको पुस्तकको विमोचन गर्नुभएको हो । काठमाडौंको महाराजगञ्जस्थित निवासमा एक कार्यक्रमका बीच कोइरालाले नियात्रा सङ्ग्रहको विमोचन गर्नुभयो ।
श्रेष्ठले विभिन्न क्षेत्रको भ्रमणका क्रममा देखे भोगेका अनुभव अनुभूतिहरुलाई नियात्राको रुपमा तयार पारिएका १७ शीर्षकका नियात्रा ‘यात्राको तस्बिर’ भित्र प्रस्तुत गरिएको छ ।‘यात्राको तस्बिर’ श्रेष्ठका २७ औं प्रकाशित कृति हो । यसअघि पहिलो नियात्रा सङ्ग्रह ‘अनुभूति अनेक–२०७०,’ प्रकाशित थियो । उक्त कृति नुवाकोट साहित्य प्रतिष्ठानले प्रकाशन गरेको हो ।
नुवाकोटको विदुरमा विं.सं २०३१ सालमा जन्मनु भएका श्रेष्ठको हालसम्म केही नियात्रा सङ्ग्रह, जीवनी सङ्ग्रह, कविता, समीक्षा, अनुसन्धानात्मक पुस्तकका साथै जापानिज साहित्यका हाइकु, तान्का, कटौता, सेदोका, डोडोइट्सु, मन्डो र कोरियन साहित्यका सिजो जस्ता विधाका अधिक पुस्तकहरु प्रकाशित छन् ।

राजनीतिसँगै साहित्यिक क्षेत्रमा सक्रिय श्रेष्ठले खेखनयात्राप्रतिशुभकाना व्यक्त गर्दै कांग्रेस नेता कोइरालाले पार्टीका नेता कार्यकर्ताहरुलार्य यस्तै अध्ययनशिल कार्यमा लाग्न सुझावसमेत दिनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका युवा नेताहरु जयराम दाहाल, कमल तिमिल्सना लगायतकाको पनि सहभागिता रहेको थियो ।