
काठमाण्डाै – गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयकाे घटनासँग मन्त्रालयकाे नेतृत्वलाई जाेडेर आएका समाचारमा कुनै सत्यता नरहेकाे दाबी गरेकाे छ ।
गृह मन्त्रालयका सहसचिव छवि रिजालले आज विज्ञप्ति निकालेर कुनै पनि गैरकानूनी र भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयकाे नेतृत्वकाे कुनै प्रकारकाे संलग्नता नरहेकाे बताउनुभएकाे हाे । यस्तै त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयकाे काम कारबाहीका सम्बन्धमा अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले छानबिन गरिरहेकाे त्यसमा मन्त्रालयका पूर्ण सहयाेग रहने विज्ञप्तिमा उल्लेख छ ।
त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयले भिजिट भिसामा विदेश जानेहरूसँग रकम असुलिरहेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेपछि गृहमन्त्री लेखकमाथि प्रश्न उठेको छ । त्यसयता गृह मन्त्रालयले विमानस्थल अध्यागमन कार्यालयका १५ जना कर्मचारीको सरुवा गरिसकेको छ ।
