
काठमाडौं । नुवाकोट र रसुवा जिल्लालाई केन्द्रमा राखेर विभिन्न सामाजिक सेवाकासाथ अघि बढिरहेको यसोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टले नुवाकोट र रसुवा जिल्लाबाट एसइईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गर्ने भएको छ ।
नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसी दाजूभाइले आफ्ना स्वर्गीय मातापिताको स्मृतिमा स्थापना गरेको ट्रस्टले नुवाकोट जिल्लाबाट २०८१ सालमा एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने एक जना छात्र र एक जना छात्रालाई सम्मान गर्ने ट्रस्टका अध्यक्ष डा. केदारनरसिंह केसीले जानकारी दिनुभयो । केसीका अनुसार जेठ २६ गते जिल्लाको बट्टारस्थित रानीमौरी पार्टी प्यालेमा एक भव्य कार्यक्रमको आयोजगरि जिल्लामा सबैभन्दा बढि जिपिए ल्याउने एक जना छात्र र एकजना छात्रालाई जनही नगद १० हजारसहित सम्मानपत्रकासाथ सम्मान गर्ने छ । पुरस्कृत हुनेमा नुवाकोटबाट रेजिना भण्डारि र आरभ कोइराला रहेका छन् । उनीहरुले क्रमश ४ जिपिए र ३.८६ ल्याएका छन् भने रसुवाबाट यमुना पौडेल रहेको बताइएको छ ।
यस्तै ट्रस्टले उक्त विद्यालयका प्रधानाध्यापक वा व्यवस्थापन समितिका अध्यक्ष मध्ये एकजनालाई पनि सम्मान गर्ने अध्यक्ष केसीले नुवाकोट पुकारलाई जानकारी दिनुभयो । यस्तै ट्रस्टले रसुवा जिल्लामा उत्कृष्ट अंक ल्याउने एकजना विद्यार्थीलाई पनि सम्मान गर्ने बताएको छ ।
ट्रस्टले विगत वर्षहरुदेखि नै एसइईमा उत्कृष्ट अंक ल्याउने नुवाकोट र रसुवाकाका विद्यार्थीलाई सम्मान गर्दै आएको छ । १७ वर्षअघि स्थापना गरिएको उक्त ट्रस्टले शिक्षा र स्वास्थ्यका क्षेत्रमा विगत वर्षहरुदेखि देखिनै नुवाकोट र रसुवा जिल्लामा महत्वपूर्ण सहयोग गर्दै आइरहेको छ ।
यस्तै ट्रस्टले भुकम्प, कोभिड, डेंगुको महामारीका बेला समेत नुवाकोट र रसुवा जिल्लामा उल्लेख्य आर्थिक तथा खाद्यान समेत सहयोग गरेको थियो । केसी परिवारको राजनीतिकसँगै सामाजिक योगदानप्रति नुवाकोटबासीले महत्वपूर्ण रुपमा लिने गरेका छन् ।