
१९ जेठ, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहत रहेको प्रेस काउन्सिल नेपालमा रिक्त रहेको ५ जना सदस्यमा नयाँ नियुक्ति गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रीस्तरीय निर्णय गर्दै काउन्सिलको सदस्यमा कांग्रेस एमाले निकट पत्रकारहरुलाई नियुक्त गर्नुभएको छ ।
नेपाली कांग्रेसबाट तीन जना र नेकपा (एमाले)बाट तीन जना गरी ६ जना सदस्य नियुक्त गर्नुभएको हो ।सोमबार प्रेस काउन्सिलको सदस्यमा एमालेको कोटामा शन्तराम बिडारी, भीमलाल श्रेष्ठ र नीमा काफ्ले नियुक्त हुनुभएको छ । यस्तै नेपाली कांग्रेसको कोटामा पदमराज जोशी, बालकृष्ण अधिकारी र नकुल अर्याल नियुक्त हुनुभएको छ । काउनिसललमा यस पटक भने पत्रकारिता राम्रोसँग बुझेकाहरुले स्थान पाएका छन् ।
केही दिन अघि मात्रै रिक्त रहेको काउन्सिल सदस्यतामा नियुक्त भएसँगै काउन्सिलले पूर्णता पाएको छ । यस्तै अध्यक्ष पनि रिक्त रहेको छ ।