
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले इमान्दार भएर काम गर्न आग्रह गर्नुभएको छ ।


नेपाली कांग्रेस तारकेश्वर गाउँ इकाई समितिले आज शनिबार राजधानीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै महामन्त्री शर्माले नेपाली कांग्रेस इमान्दार भएर अघि बढे देशलाई सहि बाटोमा अघि बढाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

नेपालमा धेरै सम्भावना भएको भन्दै उहाँले कांग्रेस सहि रुपमा अघि बढ्न सके विकास गर्न धेरै समस्या नभएको बताउनु भयो । उहाँले नेपाल धेरै क्षेत्रमा अघि बढिसकेको भन्दै बिजुली, खेलकुद क्षेत्रमा नेपालले गरेको योगदानबाट पनि आशा गर्न सकिने अवस्थाहरु आएको बताउनुभयो । उहाँले भन्नुभयो, कुनै बेला हामी भारतले बिजली दिएन भने अध्यारोमा बस्नुपर्ने अवस्था थियो तर आज हामीले भारत र बंगालादेशलाई बिजुली बेच्न थालेका छौं के यो आशाको कुरा होइन ।

महामन्त्री शर्माले धेरै निराशाभित्र आशाको दियो पनि बलिरहेको भन्दै बलिरहेको दियोलाई कांग्रेसले जनतासम्म लैजानुपर्ने बताउनुभयो । महामन्त्री शर्माले भन्नुभयो, तपाईको पल्लोघरको दाजुले देशमा केही भएन भनेर नकारात्मक कुरा गरिरहेका बेला तपाइले भन्न सक्नुपर्दछ, यो देश सम्भावनाको देश हो यहाँ नै हामी धेरै गर्न सक्छौं भन्न सक्नुपर्छ । अनि तपाई कांग्रेस हुनुमा गर्भ गर्न सकिन्छ ।
उहाँले देशमा भ्रष्टाचार नियन्त्रण गर्ने कानुन बनाउने कुरामा कांग्रेसको महत्वपूर्ण भूमिका रहेको स्मरण गराउनुभयो ।उहाँले भन्नुभयो, कांग्रेसमा को भ्रष्टाचारमा पर्छ त्यसको चिन्ता तपार्य हामीले गर्नु पर्दैन । हामीले बनाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ उसले काम गर्छ त्यसमा हाम्रा साथीहरु पनि पर्नुहुन्छ त्यो चित्नाको कुरा होइन चिन्ता भ्रष्टाचार नियन्त्रण हुँदैन कि भन्ने मात्रै हो । उहाँले कांग्रेसले आफ्नो अग्रसरता लिएर शिक्षा ऐन जारी गर्न लागि परिरहेको बताउनुभयो ।
महान्त्री शर्माले शेरबहादुर देउवालाई प्रश्न गरेर आफूहरु उम्कन नमिल्ने भन्दै कांग्रेसमा अबको पुस्ताले नै काम गर्नुपर्नेमा जोड दिनुभयो उहाँले कांग्रेसका नेता कार्यकर्तालाई आफ्नो ठाउँको बारेमा मात्र चिन्ता गर्न पनि आग्रह गर्नुभयो । कार्यक्रममा सहमाहामन्त्री डिना उपाध्यायले लोकतन्त्रको रक्षा गर्ने भनेको नेपाली कांग्रेस मात्र रहेको बताउनुभयो । केन्द्रीय सदस्य प्रकाश स्नेहीले नेपाली कांग्रेसले समावेशी मुद्दालाई लिएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले सुकुम्बासीहरुको मुद्दा कांग्रेसले बोक्नुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले जनजनको कांग्रेस,मन मनको कांग्रेस बनाउनुपर्ने कांग्रेस बनाउनुपर्नेमा जोड दिनुभयो । नेपाली कांग्रेस तारकेश्वर इकाई सभापति केशव अर्यालको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता प्रमोदहरि गुरागाई, कांग्रेस नुवाकोटका पूर्व सभापति जगदीश्वरनरसिंह केसी, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा तारकेश्वर गाउँपालिकाबाट राजधानीमा बसोसार गर्ने कांग्रेसमा आवद्ध नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।