
विदुर । प्याब्सन नुवाकोटको आयोजनामा हस्तलेखन र चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । हरेक महिना सञ्चाति हुने अतिरिक्त क्रियाकलाप अन्तर्रगत जेठ महिनाको अतिरिक्त क्रियाकलापमा हस्तलेखन र चित्रकला प्रतियोगिता आयोजना गरिएका थियो ।
कार्यक्रम प्याब्सन नुवाकोटका अध्यक्ष पुरुषोत्तम अधिकारीको अध्यक्षता तथा प्याब्सन वागमती प्रदेशका संस्थापक अध्यक्ष रामहरि रिमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा २५ विद्यालयका २५० भन्दा बढी विद्यार्थीहरु सहभागी भएका थिए । प्रतियोगितामा नुवाकोट ग्लोरी सेकेण्डरी बोर्डिङ स्कुल सुर्यगढी ५ २ वटा विधामा प्रथम र १ वटामा द्वितीय स्थान हासिल गर्दै उत्कृष्ट भएको छ ।
त्यस्तै सुभेनियर बोर्डिङ स्कुल, सेइ बोर्डिङ स्कुल, दिब्य रत्न बोर्डिङ स्कुल, स्पार्कल इन्टरनेशनल, कल्याणकारी विद्या मन्दिर, भुपेन्द्र मेमोरियल, गणेश भ्यू बाटिका, तादी भ्यू, भिजन एकेडेमी लगायतले प्रतियोगितामा विभिन्न स्थान सहित सफलता हासिल गरेका छन् ।
प्याब्सन नुवाकोटले मासिक रुपमा अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न विधामा प्रतिस्पर्धा गराउनेछ । यस अन्तर्गत आगामी आषाढ महिना भानु जयन्तीको अवसरमा कविता लेखन तथा वाचन प्रतियोगिता सञ्चालन गर्नेछ ।
आजको चित्रकला प्रतियोगिताका उत्कृष्ट विद्यार्थीहरुले यहि जेष्ठ ३० प्याब्सन वागमती प्रदेशको आयोजनामा सञ्चालन हुने प्रदेश स्तरीय प्रतियोगितामा जिल्लाको प्रतिनिधित्व गर्ने छन् । पछिल्लो समय नयाँ नेतृत्वसँगै प्याब्सनले नियमित कक्षासँगै अतिरिक्र क्रियाकलापमा पनि जोड दिँदै आएको छ ।