
काठमाण्डौ – भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूका लागि ३५ दिनभित्र निवेदन दिन भूमि समस्या समाधान आयोगले आह्वान गरेको छ ।
जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीहरुलाई व्यवस्थापन गर्ने भन्दै आयोगले निवेदनको लागि पुनः आह्वान गरेको हो ।
आयोगले तोकिएको ढाँचामा फाराम भरी ३५ दिनभित्र वडामा खटिएका लगत सङ्कलकमार्फत निवेदन पेश गर्न भनेको छ ।
आयोगले सार्वजनिक गरेको सूचिमा नुवाकोट जिल्लाका चार पालिका रहेका छन् । आयोगले नुवाकोट जिल्लाको पञ्चकन्या, सुर्यगढी,तारकेश्वर गाउँपालिका र बेलकोटगढी नगरपालिकाका लागि सूचना आह्रवान गरेको छ । उक्त चार पालिकामा एक हजारभ न्दा बढि भुमि सम्बन्धि समस्या रहेको भूमि आयोग नुवाकाटले जनाएको छ ।