
काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । अपराह्न १ बजेका लागि बोलाइएको भए पनि दलहरुबीच सहमति कायम हुन ढिलाइ भएका कारण भर्खरै सुरु भएको छ ।
तर रास्वपाका सांसदहरुले संसदको बेल अगाडि उभिएर नाराबाजी गरिरहेका छन् । उनीहरुले गृहमन्त्रीको राजनिामा माग गर्दै नाराबाजी गरिरहँदा गृहमन्त्रीले भने चार्को रुपमा रुपमा आफ्नो धारणा राखिरहेका छन् । रास्वपालाई राप्रपाले साथ दिइरहेको छ ।