
नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ३ ले प्रथम विदुर मेयर कप अन्तर वडास्तरीय टि–२० क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।
आज विहान भएको खेलमा विदुर नगरपालिका वडा नम्बर २ लाई १२९ रनले पराजित गर्दै विदुर ३ ले प्रतियोगितामा शानदार शुरुवात गरेको हो ।
टस जितेर पहिले ब्याटिङमा उत्रिएको विदुर ३ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २२२ रन बनाएको थियो ।
विदुर ३ लाई शानदार जीत दिलाउन दिनेश सुवेदीले बिस्फोटक ब्याटिङ गर्दै ९७ रन बनाए । उनले ४२ वलमा ११ चौका र ७ छक्का प्रहार गरि शतक नजिक पुगेर आकाश रानाको वलमा आउट भएका थिए ।
यस्तै विदुर ३ लागि राजेश रिमालले ४८ रन बनाए । उनले ६ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै श्रीतेश राईले २३ रन थपे
विदुर २ का लागि विशाल मास्केले तीन विकेट लिए भने आकाश राना र रोशन भट्टले सामान २र२ विकेट लिए ।
२२३ रनको लक्ष्य लिएर जवाफमा ब्याटिङमा उत्रिएको विदुर २ ले १९।५ ओभरमा सबै विकेट गुमाउँदै ९३ रन मात्र बनाउन सक्यो । उसको लागि आषुतोष पाण्डेले २४, रोशन भट्टले ११ र आकाश रानाले १० रन बनाउनु वाहेक अन्य खेलाडीले दोहोरो स्कोरमा रन बनाउन सकेनन् ।
विदुर ३ को तर्फबाट राजेश रिमाल र विधान खतिवडाले दुई विकेत लिए । प्रतियोगितामा विजयी भएको विदुर ३ समुह डि को विजेता भन्दै क्वाटरफाईनल प्रवेश गरेको छ भने हार व्यहोरेको विदुर २ पनि क्वाटरफाईनल प्रवेश गरेको छ ।
प्रतियोगिता अन्तर्रगत आज दिउँसो २ बजे विदुर ६ र विदुर १२ विच प्रतिष्पर्धा हुनेछ ।
विदुर नगरपालिकाको आयोजना तथा नुवाकोट क्रिकेट संघको सहकार्यमा भएको प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ, उपविजेताले २५ हजार नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।