
विदुर । नुवाकोट जिल्लाको जिल्ला अस्पताल त्रिशूली अस्पतालले आजबाट अनलाइन टिकट लिन सक्ने व्यवस्था गरेको छ । ]
नुवाकोटसहित रसुवा र धादिड. जिल्लाका बिरामीहरुको समेत सहज पहुँच रहेको अस्पतालले अस्पतालको वेभसाइडबाट आफूलाई चाहिने सेवा लिनका लागि टिकट लिन सक्ने व्यवस्था गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन राजेन्द्र लामाले नुवाकोट पुकारलाई जानकारी दिनुभयो । अस्पतालले यसअघि बिरामीहरुको चापलाई मध्यनजर राख्दै टोक प्रणाली लागू गरिसकेको छ ।
उहाँका अनुसार बिरामीले आफ्नो रोग अनुसार सेवा छनोट गरि ओपीडी सेवा लेखिएको स्थानमा गएर टिकट छनोट गर्न सक्नेछन् । अस्पतालको यो सेवा सञ्चालन भएसँगै बिहानैबाट लाइन बसेर स्वास्थ्य सेवा लिनुपर्ने झण्झटको अन्त्य हुने अस्पताल विकास समितिका अध्यक्ष उपेन्द्र बुढाथोकीको भनाई रहेको छ । अध्यक्ष बुढाथोकीले अस्पतालको सेवालाई अझ स्तरीय र सरल बनाउने प्रयास गरिरहेको नुवाकोट पुकारलाइ बताउनुभयो ।
एकसय शैष्याको जिल्लाको सबैभन्दा ठुलो अस्पताललमा पछिल्लो समय बिरामीहरुका लालि विशेषज्ञ चिकित्सकहरुबाट सेवा प्रदान गरिदै आएको छ । अस्पतालमा अन्य विशिष्ट प्रकारका सेवाहरु पनि सञ्चालनमा रहेका छन् । अस्पतालमा दैनिक ३ सय हाराहारीमा बिरामीहरु उपचारका लागि आउने गरेको अस्पतालको प्रशासन शाखाले जनाएको छ ।