
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले नजिकका स्कुललाई ‘मर्ज’ गर्नुपर्नेमा जोड दिनुभएको छ । आइतबार (असार १) प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८२र०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलु मा भाग लिँदै उनले यस्तो बताउनु भएको हो । बोल्दै पूर्व अर्थमन्त्री समेत रहनु भएका डा. महतले अब सरकारी स्कुल मर्ज (गाभ्नु) गर्नुको विकल्प नरहेको बताउनु भएको हो ।
सरकारले विद्यार्थीलाई होस्टेल बनाएर खान र बस्ने व्यवस्था गर्नुपर्नेमा डा. महतको भनाई थियो । “विद्यार्थी घटिरहेका छन् । नजिकमा पर्ने स्कुलहरू मर्जरको विकल्प नै छैन,” उहाँले भन्नुभयो । “अब सरकारले होस्टेलको व्यवस्था गरेर खाने र बस्ने व्यवस्था गरिदिनुपर्छ ।
तीन करोड रुपैयाँभन्दा कमका आयोजनामा बजेट नराख्ने भन्ने आफूले बनाएको कार्यविधिलाई कार्यान्वयन गर्न खोजिएको भन्दै उहाँले वर्तमान अर्थमनत्रीलाई धन्यवाद दिनुभयो । उहाँले स्रोत निश्चित नभएका चार हजारभन्दा बढी आयोजना कटौती गरिनु पनि सकारात्मक भएको उल्लेख गर्नुभयो । सामाजिक सुरक्षा भत्तालाई समय सान्दर्भिक बनाउने कोसिस यो बजेटबाट गरिएको डा. महतको भनाई थियो ।डा. महतले राजस्वको लक्ष्य हासिल गर्न कठिन रहेको उल्लेख गर्दै त्यसका लागि सरकारले मिहिनेत गर्नुपर्नेमा जोड दिनुभयो ।