
सांकेतिक स्केच
विदुर । नुवाकोट जिल्लाको विदुर नगरपालिकास्थित व्यस्त बजार ढुंगेमा बसको ठक्करबाट उकजना महिलाको मृत्यु भएको छ ।
जिल्ला जिल्ला प्रहरी कार्यालय नुवाकोटले दिएको जानकारी अनुसार आज आइतबार बिहान अन्दाजी साढे ११ बजेको समयमा विदुर नगरपालिका वडा नं १ स्थित ढुङ्गे चोकको गल्छी त्रिसुली सडकखण्डमा ढुङगेतर्फ बाट रसुवातर्फ जाँदै गरेको ना ४ ख ४८४ नं। को बसले पैदल यात्री नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका वडा नं ५ शान्तिबजार बस्ने अन्दाजी ५४ वर्षीया अम्बिका भट्टलाई ठक्कर दिई घाईते बनाएको थियो । घाइते भएकी उनलाई उपचारको लागी त्रिशुली अस्पताल नुवाकोट पठाईएको, घाईतेको पेटमा र दुबै खुट्टामा चोट, गम्भीर अवस्थामा जिल्ला अस्पताल नुवाकोट पुराएकोमा थप उपचारको लागि ग्रिन सिटी अस्पताल पुराएकोमा मृत घोषणा गरिएको थियो ।
बस र बस चालक रसुवा जिल्ला उत्तरगया गाउँपालिका ३ बस्ने जीवन तामाड.लाई नियन्त्रणमा लिइएको छ । घटनाबारे अनुसनधान भैहरेको प्रहरीले जनाएको छ । घटनाबारे नागरिक समाज नुवाकोटले चासो जनाएको छ । समाजका अध्यक्ष बद्री त्रिपाठीले ढुंगे व्यस्त बजारमा अस्तव्यस्त यातायत सञ्चालन भएको र पटक पटक गुनासो गर्दा पनि प्रशासनले वेवास्ता गरेकाले यस्ता घटना घटेको बताएका छन् ।