
विदुर । नुवाकोट जिल्लाको जिल्ला अस्पताल त्रिशूली अस्पताका लागि मातृशिशु वार्ड सहितको भवन निर्माणको प्रारम्भिक वातावरणीय परीक्षण सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम’ सम्पन्न भएको छ ।
विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकीले अध्यक्षता गर्नुभएको थियो । कार्यक्रममा विदुर नगरपालिकाको उपप्रमुख प्रभा बोगटी, वडा नं ९ का अध्यक्ष हरेराम भण्डारी, समितिका पदाधिकारीहरु, अस्पतालका निर्देशक डा.राजेन्द्र लामासहित चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरु स्थानीय समाजसेवी, व्यावसायी, उद्यमी तथा भद्रभलाद्मी सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

विदुर नगरपालिकाको समेत विशेष पहलमा बागमती प्रदेस सरकारको सहयोगमा ‘मातृशिशु वार्ड सहितको त्रिशूली अस्पताल भवन’ पाचतलाको करीब ७० करोड लागतको भवन निर्माणको लागी डिपिआर गरिएको छ । साथै तत्कालको लागी करीब ३७ करोड लागतमा तीनतले सुविधासम्पन्न भवन निर्माणको लागी बागमती प्रदेशका मुख्यमन्त्री माननीय बहादुरसिंह लामा तामाङमार्फत आगामी आर्थिक वर्षको बजेटमा श्रोत सुनिश्चितको लागी माग गरिएको छ ।
नुवाकोट जिल्लाको जिल्ला अस्पतालको रुपमा रहेको त्रिशूली अस्पताल हाल एक सय शष्याकासाथ सञ्चालन रहँदै आएको छ । अस्पतालमा विशेषज्ञ सेवाकासाथ हरेक दिन सेवा प्रदान गरिदै आएको छ ।

यस्तै अस्पतालमा टोकन प्रणालीका साथ आजबाट अनलाइन टिकेटिड.को व्यवस्था समेत गरिएको छ । विगत केही वर्षदेखि अस्पतालको उत्कृष्ट सेवाको कारण प्रदेश सरकार र संघीय सरकारको कार्यक्षमता मुल्याड्.कनमा पनि उत्कृष्ट अस्पतालको रुपमा रहँदै आएको छ ।