
हेटौडा । बागमती प्रदेश सरकारले आगमी आर्थिक वर्ष २०८२।०८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार विनियोजन गरेको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज माफ्लेले आज प्रदेशसभा बैठकमा पेश गर्नुभएको बजेट बक्तव्यमा चालुतर्फ २६ अर्ब ४ अर्बको ४६बजेट ४१ अर्ब ४३ करोड २६ हजार विनियोजन गरिएको छ ।
कर राजश्वबाट २८ अर्ब ८७ करोड ८२ लाख अन्य ६ अर्ब , ७९ करोड ४ लाख १३ संघीयसरकारबाट प्राप्त अनुदानमा ४१ अर्ब ८१ करोड ९३ लाख अन्य स्रोबाट १६ अर्ब ९८ करोड ९४ लाख १३ हजार व्यहोरिने अनुमान गरिएको छ ।बजेटमा चालु खर्चका लागि २६ अर्ब ४ करोड ४६ लाख रुपैयाँ र पूँजीगत खर्चका लागि ४१ अर्ब ४३ करोड २६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, महिला सशक्तिकरण र रोजगार सृजना क्षेत्रमा बजेट प्राथमिकता दिएको उनको भनाई छ । साथै उनले बजेट पारदर्शिता र परिणाममुखी कार्यान्वयनमा जोड दिइने बताए ।यस्तै स्वास्थ्यमा सरकारले ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी, एक घण्टा मेरा लागि’ अभियान संचालन गर्ने नीति पनि लिएको छ ।