
विदुर । पुनरावेदन अदालत इलामबाट जीउ मास्ने बेच्ने मुद्दामा २०६५साल पुस १३ गते भएको फैसला बमोजिम ३ बर्ष ८ महिना ४ दिन कैद भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादीलाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी विक्रम लामाले दिनुभएको जानकारी अनुसार प्रहरी चौकी समुन्द्रटार नुवाकोटबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले खोजतलास गर्दै जाँदा ५३ वर्षीय दावा तामाङलाई यहि असार ३० गते बिहान उनकै घरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका दावालाई कारवाहीको लागि नुवाकोट जिल्ला अदालतमा बुझाईएकोमा अदालतको असार २ गतेको आदेश अनुसार कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय खम्पाक्याप नुवाकोटमा पठाईएको छ । पक्राउ परेका दावा नुवाकोट जिल्लाकै साविक घ्याङफेदी गाविस हाल दुप्चेश्वर गाउँपालिका वडा नं १ मा बासिन्दा हुन ।