
काठमाडौँ । काठमाडौं जिल्ला अदालतले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश तारादेवी महर्जनको इजलासले तीनकुने घटनाका आरोपी मिश्रलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
मिश्रमाथि राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता भएको थियो । गत चैत १५ गते काठमाडौंको तीनकुने घटनाका आरोपी राप्रपा महामन्त्री शवलशमशेर राणा भने सोमबार साँझ ३ लाख धरौटीमा रिहा भइसकेका छन् ।
तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनका योजनाकार मानिएका दुर्गा प्रसाईं भने पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।यसअघि राप्रपाका नेता तथा सांसद धवलशमशेर राणालाई दुई लाख घरौटीमा छाड्ने आदेश भएको थियो ।