
विदुर । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकाका इन्जिनियर रामशरण अधिकारीलाई जिम्मेवारीबाट हटाइएको छ । नगरपालिकाको सातौं तहमा कार्यरत अधिकारीले ठेकेदारसँग घुस लिएको अडियोसहित कार्यालयमा गुनासो आएपछि जिम्मेवारीबाट हटाएको हो ।
सेवाग्राहीको गुनासो आएपछि नगरपालिकाले सोमबार मात्रै उनलाई २४ घण्टे स्पष्टिकरण सोधेको थियो । उनले दिएको स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै जिम्मेवारीमुक्त गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका वरिष्ठ शाखा अधिकृत दिपक सिंहले अधिकारीका नाममा जारी गर्नुभएको पत्रमा पत्रमा भनिएको छ,प्रस्तुत विषयमा बेलकोटगढी नगरपालिकाको तपाई श्री, रामशरण अधिकारीलाई पूर्वाधार शाखा प्रमुखको कामकाज गर्दै आएकोमा कार्यसम्पादनप्रति प्रश्न चिन्ह्र खडा भएकोले हाललाई सम्पादन गर्दै आएको उक्त शाखाको जिम्मेवारीबाट आदेश अनुसार मुक्त गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।
अधिकारीले एक ठेकेदारसँग घुस लिएको र सार्वजनिक गर्ने भन्दै चर्चा सुरु भएपछि माफी माग्दै पैसा समेत फिर्ता गरेका थिए । तर उनले धेरैलाइृ दुःख दिएको भन्दै भिडियो नै सार्वजनिक गरिएको छ । उक्त घटनाबारे नगरपालिकाका उपमेयर शिवप्रसाद दाहालले उनको कामकारबाहीप्रति चित्त नबुझेकाले कारबाही गरिएको जानकारी दिनुभयो । उनलाई हटाएसँगै नगरपालिकाका शव यन्जिनियर अभिषेक चन्दलाइ जिम्मेवारी प्रदान गरिएको छ ।
पछिल्ला दिनहरुमा बेलकोटगढी नगरपालिकामा निर्माण भएका सडकहरु गुणस्तरहिन भएको भन्दै व्यापक जनगुनासो आएको थियो । नेपाली कांग्रेसका केही स्थानीय तहका नेताहरु आफै सडक अनुगमनमा समेत निश्किएका थिए । उनीहरुले सडक निर्माणमा स्टमेट अनुसारको मापदण्ड नभएको भन्दै नगरपालिका र निर्माण गर्ने ठेकेदारलाई समेत सचेत गराएका थिए । नगरपालिकामा भएको सार्वजनिक सुनुवाईमा समेत नगरपालिकाबाट प्रवाह भएको विकास निर्माणका काम गुणस्तरहिन भएको भन्दै नेतृत्वको समेत आलोचना भएको छ