
फाइल फोटो
काठमाडौं । वर्षासँगै बाढीपहिरोका कारण विभिन्न स्थानमा सडक अवरुद्ध छ । नेपाल प्रहरीको केन्द्रीय कार्यालयले जारी गरेको बुटेटिन अनुसार अरनिको, महेन्द्र राजमार्ग विभिन्न ठाउँमा अवरुद्ध रहेको छ ।
यस्तै सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२, कोदारीमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । पहिरोका कारण भोटेकोसी–३, लार्चा, भोटेकोसी–२, कोप्ल्याङमा पनि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।
यस्तै, नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०को विनयी त्रिवेणी गाउँपालिका–१ मा बाढीका कारण पूर्वपश्चिम महेन्द्र राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।
