
सांकेतिक स्केज ,गुगल
विदुर । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं ७ स्थित कल्चेडी भिरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटको सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक विक्रम लामाले दिनुभएको जानकारी अनुसार आज असार ५ गते अपारह्न २.४५ बजेको समयमा बेलकोटगढी नगरपालिका वडा नं.७ कल्चेडीभिरस्थित गल्छी – त्रिशुली सडकखण्डमा मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं८ बस्ने अन्दाजी ४० वर्षीय दिपक मगरले चलाएको ट्रकक ठक्करबाट मोटरसाइकल चालक शंकर श्रेष्ठको मृत्यु भएको हो ।
मगरले चलाएको ना ६ ख १०६० नम्बरको ट्रक र सोही दिशातर्फ जाँदै गरेको तारकेश्वर गाउँपालिका वडा नं ३ बस्ने अन्दाजी ४५ वर्षीय शंकर मान श्रेष्ठले चलाएको बा.प्र.०२०२९ प १६४२ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकल चालक शंकर मान श्रेष्ठ गम्भिर घाईते अवस्थामा उद्दार गरी तत्काल उपचारको लागि अम्बे भरोसा अस्पताल गल्छी धादिङमा पठाईएको थियो ।
तर त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि बि एण्ड बि अस्पताल ललितपुरमा लगिएकोमा अस्पतालमा पु¥याई चेकजाँच गर्दा साँझ ५ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । सवारी साधन सहित सवारी चालक नियन्त्रणमा रहेको घटनाको बिषयमा थप अनुसन्धान कार्य भई रहेको जनाइएको छ