
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पदाधिकारीको जिम्मेवारी हेरफेर गरेको छ । आफ्नो तेस्रो स्थापना दिवसका अवसरमा आज बसेको केन्द्रीय समिति बैठकले पार्टीको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई कार्यवाहक हटाएर महामन्त्री र कार्यवाहक प्रवक्ताबाट मनिष झालाई प्रवक्ताको पूर्ण जिम्मेवारी दिने निर्णय गरेको हो ।
उपसभापति डोलप्रसाद अर्यालको सभापतित्वमा बसेको बैठकले पार्टीको गतिविधिलार्य अझ शसक्त ढंगले अघि बढाउने निणृइ पनि गरेको छ । आजै स्थापनादिवसका अवसरमा विभिन्न कार्यक्रम समेत आयोजना गरेको छ । आज विश्व योग दिवस पनि परेकालेबिहाने योग तथा ध्यान गर्दै पार्टीका नेता कार्यर्ताले स्थापन दिवस मनाएका छन् ।
रास्वपा तारकेश्वर इकाईको आयोजनामा आज बिहानै र्यालीकासाथ योगको आयोजना गरिएको छ । सो अवसरमा पार्टीका नोत कार्यकर्ताहरुले नाचगानकासाथ ध्यान गर्दै योग दिवस मनाएका छन् ।