
काठमाडौं । बर्षा र बाढी पहिरो जोखिमका कारण पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मलेखु खण्ड आज र भोलि दुई दिनरातको समयमा बन्द गरिने भएको छ । । राति १० बजेदेखि बिहान तीन बजेसम्म पाँच घण्टा सडक बन्द हुने मुग्लिन–नारायणगढ सडक योजना पूर्वी खण्डका प्रमुख इन्जिनियर केशव ओझाले जानकारी दिनुभयो ।
बर्खाको बेला बाढी पहिरोले यात्रा जोखिमपूर्ण भएकाले यात्रु र गाडी चालकलाई जोखिम मोलेर यात्रा नगर्न, मौसम र सडकको अवस्थाबारे बुझेर मात्रै यात्रा गर्न नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले आग्रह गर्नुभएको छ । वर्षाका कारण उत्तः सडकको धेरै स्थानमा पहिलो जाने जोखिम रहेकाले रातको समयका लागि यस्तो निर्णइ गरिएको हो ।